अथिति पोष्ट - अपरिचित (कविता)

-दिपान्जलि बिष्ट 

एक समय थियो, जब हाम्रो नाम एक सांस मै लिइन्थ्यो! 
जुन बेला हामी एक अर्काको हरेक धड्कन चिन्न सक्थ्यौं! 

केही नबोली पनि एक अर्काको भावना बुझ्न सक्थ्यौं! 
तिम्रो एक हेराइले मेरो मन प्रफुल्लित हुन्थ्यो! 
दुइ मुटु एक आत्मा भए जस्तो लाग्थ्यो... 
तर कता कता हामी अपरिचित नै रहेछौं... 

अहिले समय यस्तो आयो कि एक अर्कालाइ चिन्न पनि एकदमै गार्हो छ! 
एक अर्काको छायाँसंग पनि हामी अपरचित नै छौं! 
त्यै पनि किन तिम्रो एक हेराइले मेरो मन बेस्करी धक्धकिन्छ? 
तिमीले भनेका सबै कुराहरुले मलाई किन यसरी प्रभावित पार्छ?
तिमीले दिएका हरेक वाचाहरु मलाई किन याद आउछ? 
अपरिचित भए पनि किन तिमी मेरो आफ्नो लाग्छौ? 

यस्तो भएको पनि धेरै समय बितिसक्यो! 
त्यै पनि तिम्रो यादले मलाई सताईरहन्छ! 
तिमी अपरिचित नै भई मेरो मनमा बसिरह्यौ 
र म परिचित भएर पनि तिम्रो लागि अपरिचित नै रहें! 
शायद हामी अपरिचित नै थियौ होला... 
र हामी सधै भरी अपरिचित नै रहने छौ...

(तपाईंहरु पनि आफ्नो कविता/कथा/गजल वा अन्य सामाग्री यस ब्लगमा पठाउन चाहनु हुन्छ भने, alankararyal@gmail.com मा पठाउनुहोस्!)

कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?

"कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?  के हाइबर्नेट गर्दा ब्याट्री बिग्रिन्छ?"

- सरल भाषामा भन्नु पर्दा हाइबर्नेट यस्तो किसिमको कम्प्युटर/ल्यापटप बन्द गर्ने तरिका हो जसमा हामीले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ, जसले गर्दा अर्को पटक कम्प्युटर खोल्दा पहिले जसरी आफ्ना फाइल र एप्लिकेसनहरु खोलिएको थियो त्यसै गरि नै सबै फाइलहरु खुल्छ!

हाइबर्नेट गर्दाका फाइदाहरु के के छन् भन्दा:



  • सामान्यतया अर्को पाली कम्प्युटर खोल्दा नर्मल सटडाउन गरेको भन्दा अलिक छिटो खुल्छ (यो कुरा कम्प्युटर-कम्प्युटर पिच्छे फरक पर्न सक्छ) ! 
  • तपाईंले आफ्नो एप्लिकेसनहरु (जस्तै अफिस, फोटोशप, पेजमेकरहरु ) खोल्न पर्दैन ! पहिले छोडेकै अवस्थामा तपाईंको कम्प्युटर रहन्छ! 
  • हाइबर्नेट गरेपछी स्लिप मोडमा जस्तो विद्युतीय आवश्यकता पर्दैन! 
यसरी हेर्दा  हाइबर्नेटले ल्यापटप ब्याट्रीलाई असर गर्ने कुरा देखिदैन!

तर म अझै बिस्तृत रुपमा केहि कुरा भन्न चाहन्छु! माथि भनिए जस्तै हाइबर्नेटले तपाईले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ एउटा फाइलको रुपमा! त्यो फाइलको नाम - hiberfil.sys हो! यसको साइज तपाईंको कम्प्युटर को RAM को साइज जति हुन्छ! अनि यो फाइल तपाईं मेटाउन सक्नु हुन्न! अर्को फाइल हो pagefile.sys! यो फाइलको साइज रामको साइज भन्दा १.५ गुना बढी हुन्छ! यो फाइल RAM भरिएमा यसमा अरु जानकारीहरु सुरक्षित राखिन्छ! 

तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि रहिरहने हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ जुन एउटा हानी हो!

हाइबर्नेट गरेर फेरी कम्प्युटर खोल्दा तपाईंको RAM पहिलेकै कार्यहरुले भरिएको हुन्छ! तपाईंको कम्प्युटर पहिले छोडेको अवस्था मै रहन्छ! तपाईंको इन्टरनेट कन्नेक्सन चलिरहन्छ! तपाईंको कम्प्युटरको अरु डिभाइसहरु पनि उस्तै हुन्छन्, ड्राइभर फाइलहरु पनि पहिलेकै खोलिएको अवस्थामा हुन्छन्! सामान्यतया कम्प्युटर सटडाउन गरेर खोल्दा सबै ड्राइभर फाइलहरु पुनः लोड हुने/ खुल्ने हुन्छ तर हाइबर्नेट गर्दा त्यो हुदैन! यसले गर्दा कहिले कहीं तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ र तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ!

त्यसैले हाइबर्नेटको हानी भनेको


  • तपाईंको हार्ड डिस्कको स्पेस भरिन लागेको छ भने हाइबर्नेटको फाइलले तपाईंको डिस्क पुरै भरिन सक्छ! 
  • तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ जसले गर्दा तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ! 
  • तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि पुनः हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ! 

यी त भए थेउरी कुराहरु! मेरो अनुभव छुट्टै छ!

मैले मेरो नयाँ ल्यापटप नियमित २ महिना हाइबर्नेट गरें ! कहिल्यै ल्यापटप सटडाउन गरिन ! ल्यापटपको स्क्रिन तल सारेपछि हाइबर्नेट हुने! त्यो स्टार्ट -> सट डाउनमा माउस लगेर क्लिक गर्न पनि अल्छि लाग्नेलाई त काइदा नै भयो!  एकदिन मेरो कम्प्युटरको ब्याट्ररीमा समस्या भयो! टास्कबारको ब्याट्रीमा क्रस चिन्ह देखियो!  एकदिन त्यस्तै ल्यापटपको स्क्रिन ढ्याप्प लगाउँदा कम्प्युटर धेरै बेस्कन करायो! पहिले पहिले जति प्रोग्राम/एप्लिकेसन खोल्दा पनि नकाराउने ल्यापटप बेस्कन कराउन थाल्यो! स्काइप् मा कल गरिरहेको बेला युट्युब भिडीयो खोल्दा पनि कराउन थाल्यो!

अहिले मैले ब्याट्री बाहेकका समस्या निर्मुल परेको छु!

अनि मैले एउटा निस्कर्ष निकालेको थिएँ! दिनभरी हाइबर्नेट गरेपनि राति सुत्नु अघि सटडाउन गर्नु पर्ने रहेछ! यी सबै मेरा माथिका समस्या कम्प्युटरको थेउरीले हुन्छ भन्दैन तर मैले सामान्यतया बुझेको कुरा के हो भने- हामीले एउटै मोजा संधै लगाउन सक्छौं! तर दिन दिनै त्यो मोजा लगाउँदा मैलो हुन्छ! गनाउँछ! त्यसैले हामीले त्यो मोजा सफा गरेर लगाउछौं ! [कसैले मोजा त च्यात्तिन्छ पनि भन्नुहोला ;) हो मोजा च्यात्तिन्छ अनि तपाईं नयाँ मोजा किन्नु हुन्छ! त्यसैगरी तपाईंको ल्यापटप भन्दा राम्रो अर्को ल्यापटप पनि त आउन सक्छ अनि तपाईं त्यो किन्न सक्नु हुन्छ! आयु कै कुरा गर्ने हो भने हार्ड डिस्कको पनि आयु हुन्छ भन्छन्! ]

त्यस्तै ल्यापटप पनि दिनको एक चोटी सफा गर्नु पर्छ! सफा गर्ने भनेको सटडाउन गर्ने अनि अर्को पाली कम्प्युटर खोल्दा तपाईंको कम्प्युटरको ड्राइभर, रजिस्ट्री फाइलहरु सफा हुन्छन्, RAM सफा हुन्छ! कम्प्युटरको भाषामा यसलाई क्लिन बुट भनिन्छ! मोजा रुमाल दिनदिनै सफा गरेजस्तै तपाईं पनि दिन दिनै एक चोटी भएपनि ल्यापटपलाई क्लिन बुट गर्नुहोस् अनि ल्यापटपका धेरै समस्याहरुबाट बच्नुहोस्!



चलनचल्तीका नेपाली शब्दहरु

युवा पुस्तामा आजकल नयाँ नयाँ शब्दहरु सुन्न पाइन्छ पुराना स्कुले साथीहरुसँग जमघट भएको बेला मलाई पनि यस्तो अनुभव भएको थियो नेपाली भाषालाई परिमार्जन गर्नु पर्दछ भनिएकै छ 'स', 'श', 'ष' तीन ओटा धेरै भएर यसलाई स बनाउनु पर्छ- बुझी हालिन्छ भन्ने आवाज उठेको पनि हो के गर्नुपर्ने हो त म भन्न सक्दिन तर मलाई रमाइला लागेका शब्दहरु अलि अलि केरकार गर्ने प्रयत्न गर्छु  



युवा पुस्तामा लोकप्रिय शब्द हो 'बाल' कोहि बालै भएन भन्छन् त कोहि बालै भयो गहिरिएर सोच्ने हो भने, के चाहिँ सही र के चाहिँ गलत छुट्याउन गार्हो एउटा मानिस जाँचमा फेल भएछ रे, उसले यी दुईमा कुन भन्दा सही हुन्छ अड्कलबाजी मार्न गार्हो भयो मलाई 


बालै भएन - यस्ता मुला जाँच नी के पास गर्नु, फेल भएकै ठिक!

बालै भयो  - खत्तम नै भयो नी, पास हुनु पर्ने! 
अनि मैले एउटा निचोड निकाले, बालै भएन र बालै हो चाहिँ - के बिग्रीएको छ र, यस्तो हुदै गर्छ भन्न खोज्दा प्रयोग गर्न पर्ने रहेछ र बालै भयो भनेको चाहिँ - ला बिग्रियो, खत्तम नै भयो भन्न खोज्या होला केहि गरि सैलुनमा हाजामले दार्ही काटिरहेको बेला साथीको कल आएर 'बाल' भनियो भने चाहिँ- ए यसको कपाल नी काटीदिन भनेको जस्तो छ, ३० को दार्ही, ५०को कपाल कटिंग अनि २० को फेसियल गरेर १०० रुपियाँ कमाइने भो भन्दै फोनमा कुरा गर्या सुरमा हजामले पछाडी पट्टिको कपाल काटिदिए बल्ल तल्ल घरमा दिनहुँ किचकिच गरेर पालेको कपाल एकछिनमा उड्न पनि सक्छ 




मैले फेसबुक तिर धेरैले शब्द छोट्याएर लेखेको र यदाकदा भनेको पनि सुनेको छु जस्तै - दिदीलाई "दि", दादालाई "दा", बुबालाई "बा", आमालाई "मा" सामान्य नै लाग्छ यो छोटो रुप पनि हुदाँ हुँदै पछि पछि नन्दलाई "द", जेठानलाई "न", ससुरालाई "रा" पनि भनिएला यो सबै त ठिक छ तर "भिनाजु", "जेठाजु" र "आमाजु" संगै भएको बेला "जु" भनेर बोलाए कसलाई बोलाएको होला भनेर अलमल त पर्ने नै छन् मलाई अझ धेरै डर लाग्या कहाँ निर हो भन्दा, बुहारीलाई सासुले "री" भन्ने सम्म त ठिकै हो तर बुहारीले नी सासुलाई "सु" भने चाहिँ सासुहरुलाई लाज त दह्रै लाग्ला 




'फस्ट' भन्ने शब्द लगभग नेपाली नै भैसक्यो, स्कूल/क्याम्पस जस्तै छोरा-छोरीको पढाईको वर्णन देखि अहिले भर्खरै निस्किएको किताबमा माया पिरतीको वर्णन सम्म गर्न भ्याएकै छ 'फस्ट' शब्दले 'मेरो छोरा त क्लासमा फस्ट भयो नी', 'तिमीलाई नै हो मैले फस्ट मन पराएको, तिमी नै मेरो फस्ट र लास्ट', 'तिमीलाई मैले फस्टमा देख्दा नै मेरो दिलकी रानी तिमी भयौ' यति मात्र कहाँ हो र, बानेश्वर तिर पानीको समस्या हुँदा, फस्टमा कसले पानी भर्ने भनेर झगडा त पर्छ 




'हान्ने' भन्ने शब्दले पहिले पहिले 'पिट्ने' वा 'गोद्ने' भन्ने बुझाउने गर्दथ्यो आजकाल अर्कै छ 'हान्ने' भन्ने शब्द आलु जस्तै जुन तरकारीमा पनि मिल्ने खालको भएको छ फोटो हान्ने, एक दुई थाल भात हान्ने, बिहे हान्ने, नयाँ लुगा हान्ने, गितार हान्ने, गोल हान्ने आदि इत्यादी जेमा पनि मिल्छ 'हान्ने' लगाउन 'यसपालीको चुनावमा म संबिधानसभाको उमेद्वार हान्छु' भनेर कुनै नेताले भनेछ भने बुझ्ने युवाले त बुझीहाल्ने भए चुनावमा उठ्न लागेछ भनेर, नत्र प्रचण्ड, झल्लु र सुशीलले जस्तै मैले पनि पिटाइ पो खान्छु भनेर जित्ने पक्का पक्कि भएको नेताले पनि चुनावमा भाग नै नलिन नसक्ला भन्न सकिन्न 




'खेल्ने' शब्दले कुनै खेलमा सहभागी भइ प्रतियोगी हुने भन्ने बुझिन्छ वा अभिनय गर्ने बुझिन्छ आजकाल त च्याट पनि खेल्न मिल्छ, ट्वीट खेल्न मिल्छ ट्विटर तिर, लभ खेल्न मिल्छ केहि समय अघि मलाई एक जना बहिनीले 'आज मेरो स्कूलमा प्यारेन्ट्स डे छ अनि म त आज डान्स खेल्ने हो तपाईं पनि आउनुस् ल भनिन् ' मेरो घर नजिकै को बिद्यालय अनि शनिबारको दिन फुर्सद नै थियो मैले पनि ठिकै छ नी त डान्स कसरी खेल्ने रैछन् भनेर हेर्न जान पर्यो भनेर गएको थिएँ तिनी नानीले नृत्य गरिन अनि मलाइ नृत्य गर्दा पनि व्यायाम हुन्छ त्यसैले खेल्ने भनेको पनि मिल्ने नै रैछ जस्तो लाग्यो तर नेपाली ब्याकरणले दुईवटा क्रियापद लगातार लेख्ने र भन्ने छुट दिदैन र पो मार्यो त




यस्ता थुप्रै मलाई रोचक लागेका 'रड्डीज भयो', 'र्याग हान्यो', 'बाउले ह्यांग गर्यो यार' जस्ता वाक्यांशहरु पनि छन् तर अहिले चाहिँ भात हान्न जान पर्यो 




कतिलाई यो पढेर वाइयात लाग्छ होला, कतिलाई समयको सत्यानास भएको महसुस हुने होला तर मलाई बाल मतलब :) 

ट्विटरमा कभर फोटो राख्ने तरिका

ट्विटरले पनि भर्खरै आफ्नो पेज परिवर्तन गरेको छ! यसमा अहिले नयाँ ME भन्ने मेनु थप गरिएको छ! अझ अर्को रोचक कुरा भनेको अब Facebook र Google+ मा जस्तै तपाईंले कभर फोटो राख्न सक्नु हुन्छ!कतिले अरुको देखेर कसरी गर्ने होला भनेर सोच्दै हुनुहुन्छ होला ;) कतिले त थाहा पाइसक्नु भएको होला, थाहा नभएकालाई यो पोस्ट उपलब्धिमुलक हुन सक्छ!




१. पहिले तपाईंले ME लाई क्लिक गर्नु पर्छ!
२. त्यो गरेपछी तपाईंको प्रोफाइल पेज खुल्छ! तपाईंले माथिल्लो भाग को देब्रे तिर Edit your profile लेखिएको बटन देख्नु हुन्छ! त्यसलाई पनि क्लिक गर्नुहोस् अनि अर्को पेज खुल्छ!
३. तपाईंले स्क्रिनको देब्रे तिर लिस्ट मेनु देख्नुहुन्छ अनि त्यहाँ मध्येको डिजाइन आइटममा क्लिक गर्नुहोस्!


४. अब पेज स्क्रोल गरेर Customize your own भन्ने खोज्नुहोस् ! त्यहाँ Header भन्ने हुन्छ! त्यहाँ भएको Change header बटनमा क्लिक गरेपछी तपाईंलाई मनपर्ने कभर फोटो कम्प्युटरबाट ब्राउज गरेर अपलोड गर्नुहोस् !  फेसबुक र गुगल प्लस जस्तै त्यो फोटोलाई ड्रयाग गरेर रिपोजिसन गर्न सकिन्छ!

तपाईंले मोबाइलबाट पनि यसरी नै परिवर्तन गर्न सक्नु हुन्छ! मोबाइलबाट Header परिवर्तन गर्दा एल्बमबाट वा सिधै क्यामेराबाट फोटो अपलोड गर्न सक्नुहुन्छ!   
(नोट: फोटोको आकार बढीमा १२०० X ६०० पिक्सेल र ५ एम बि हुनुपर्दछ!)

हेर्नुस् त मेरो प्रोफाइल कस्तो देखियो! राम्रो छैन त ...


अब तपाईं पनि ट्विटर प्रोफाइलमा कभर फोटो राख्ने की त ?

सफ्टवेयर इन्जिनीयरको प्रेम-पत्र

(इंग्लिशमा लेखिएको यस्तै चिट्ठीबाट प्रभावित भएर नेपालीमा उल्था र थपथाप गरेर तयार गरेको)


प्यारी,
मेरो जिन्दगीमा धेरै BUG हरु थिए तर जुन दिनदेखि तिमीलाई मैले आफ्नो जीवनमा ATTACH गरे त्यस दिन मलाई थाहा भयो की तिमी मेरो DEBUGGER रहेछौ। 

केहि दिन अघि म पार्कमा SURFING गर्दै थिए अनि तिमी नै त्यो मैले खोजेको WEBSITE रहेछौ भन्ने थाहा पाएँ। तिम्रो मुहार मात्र सुन्दर पाइन, बरु सब ACTIVEX का CONTROLS हरु आकर्षक लागे तिमीलाई म INFINITY गुना धेरै माया गर्छु । तिम्रो हाँसो यति प्रमोदक छ की हजारौ PROCESSING POWER दिन्छ

तिम्रो DATABASE मा अरु कसैले LOGIN गरेर INSERT, UPDATE नगरोस् भन्ने चाहन्छु, मेरो SQL CONNECTION फेल भएर ERROR देखाए मेरो SYSTEM पूर्णतया CRASH हुनेछ। मेरो RREQ लाइ ACCEPT गरेर मलाई ACKNOWLEDGMENT पठाउ। मलाई DIVIDE BY ZERO ERROR बाट बचाउने भए तिम्रो मायाको VARIABLE लाइ एउटा ठुलो CONSTANTमा परिणत गर

तिमी बिना मेरो यो जिन्दगी COMPILE नगरेको प्रोग्राम हो जसको .EXE फाइल बनाउन सम्भव छैन त्यसैले यस्तो जिन्दगीको सार्थकता म देख्दिन। त्यसैले यो चिट्ठीलाइ राम्रो सँग imread गरेर मेरो CO PROCESSOR बन्छौं भन्ने विश्वासका साथ SYSTEM.EXIT(0) गर्छु

उही तिम्रो,सफ्टवेयर इन्जिनीयर
COMPANYको ठेगान नभएको तर 
तिम्रो COMPANY खोजेको

के छोराछोरीलाइ ट्रयाकमा ल्याउन पिट्नु हुन्छ त ?


केहि दिन अघि छोराछोरीलाइ सानोमा पिट्न हुन्छ की हुदैन भन्ने बिषयमा कुरा चल्यो प्रायः केटीहरुले हुदैन भन्ने कुरा गरे भने सबै केटाहरुले नमाने त पिट्नै पर्छ नी भने। 
संस्कृतमा एउटा स्लोक छ :


"लालयेत् पञ्च वर्षाणि
दश वर्षाणि ताडयेत्
प्राप्ते तू षोडशे वर्षे
पुत्रं मित्रवदाचरेत् "


अर्थात् आफ्ना छोराछोरी पाँच बर्षको हुनेबेला सम्म धेरै नै माया गर्नु पर्छ त्यसपछिको दश वर्ष सम्म आफ्ना छोराछोरीको ख्याल राख्नु पर्छ, परेमा पिट्नु पनि पर्छ सोर्हौं वर्षदेखि साथीको व्यवहार गर्नु पर्छ
यसको मतलब छोराछोरीले दुख दिने समय भनेको ५ वर्षको उमेर देखि १६ वर्षको उमेरसम्म हो भन्ने बुझिन्छ सबैले दुख दिन्छन् भन्ने त छैन तर दिनेले बाबु-आमाको ज्यान नै खाएर छाड्छन मेरी एकजना आन्टीले त्यै भएर भन्नु भएको होला " छोराछोरीको जात, सानोमा मर्लानकी भन्ने डर, ठुलो भएपछी मार्लान की भन्ने डर" भनेर 


१० वर्ष देखि १६ वर्षको नपुगिन्जेल युवाहरुमा अनेकौ विचारहरु आउने रहेछन्  उनीहरुलाइ कसरी बाबु-आमालाइ ठग्ने देखि लिएर नयाँ नयाँ कुराहरु सिक्न मन लाग्ने रहेछ । घरमा कस्तो वातावरण छ त्यसमा पनि छोराछोरीको विचारहरु निर्भर गर्छ  यदि बाबु-आमा नै रातदिन झगडा गर्छन भने ती छोराछोरीमा नकारात्मक असर गर्छ र उनिहरु कुलतको सिकार पनि हुन सक्छ न। अनि बाबुआमले पनि छोरा-छोरीको अघि चाहिने भन्दा धेरै कुरा गर्नु हुदैन, यो कुराको पनि विचार गर्नु अत्यन्त जरुरि छ । राम्रा राम्रा ज्ञानबर्धक कुरा हरु गर्नु पर्छ । छोराछोरी संग धेरै जिस्किने, उनीहरुले भनेका हरेक इच्छा पुर्याइदिने गरेमा पनि उनीहरुले आफ्ना बाबु-आमालाइ हेप्न थाल्छन् ! त्यसैले उनीहरुको आवश्यक मागहरु मात्र पुर्याउनु पर्छ 


पश्चिमी मुलुकहरुमा छोराछोरीलाइ पिट्न हुदैन भनेर एउटा कानुन नै बनाइएको रहेछ उनिहरुका बच्चाहरुले उनिहरुलाइ दुख दिए भने पनि उनिहरु बरु आफु नै मानसिक तनावमा बस्ने रहेछन तर आफ्नो छोराछोरीलाइ एक शब्द पनि भन्न नसक्ने रहेछन्  १३ वर्ष देखि १५ वर्षको बच्चाले स्कूल जान मन नगरेमा, बाबु-आमाले भनेको नमानेमा, दुइ चार दिन घर नै नआएमा उनिहरु लाइ " पिउवर्टि / Puberty " भन्दा रहेछन्  अनि मानसिक डाक्टरसंग सल्लाह लिने, छोराछोरीलाइ त्यहाँ पठाउने गर्दा रहेछन् ! अझ छोराछोरीसंग डराएर कुरा गरेको देखेर मलाई एकदमै अचम्म लाग्यो 


म सानो हुँदा, मलाई पनि पढ्न मन लाग्दैन थियो  कसलाई पो सानो हुँदा पढ्न मन लाग्छ र ? :) मेरो मम्मी एकदमै बाठी, तिमिहरु पढ नत्र बुबाले पिट्नुहुन्छ भन्नु हुन्थ्यो अनि हामी बुबा हुँदा पढ्न बसीहाल्थिम्  बुबा युनिवर्सिटीमा पढाएर घर आउने बेला किताब समातेर बस्ने मेरो बानि नै भएको थियो  म पनि अलि अलि बाठो नै थिएँ क्यार सानोमा, बुबाले भर्खर पढ्न बसेको रहेछ भन्ने सोच्नुहोला भनेर किताबको बिचबाट पढ्न थाल्थे म  बुबाले नपढे गाली गर्ने र मम्मीले बुबाले गाली गर्नुहुन्छ नपढे भनेर भनेकोले डर-करले नै नौ कक्षा सम्म मैले पढें  त्यसपछि अहिलेसम्म भने आफैलाइ पढ्ने मन लाग्छ 


छोराछोरीलाइ आफ्नो बाबुआमा प्रति एक किसमको डर भने हुनुपर्छ  बुबाले के सोच्नुहोला, मम्मीले के भन्नु होला भन्ने किसिमको डर मनमा भए उनिहरु हतपत अनुशासनमै रहन्छन्  बाबुआमाले चाहिँदो भन्दा धेरै माया देखाएमा पनि छोराछोरी अटेरी हुने, झर्किने, भनेको नमान्ने, ढोका थुनेर बस्ने गर्छन्  किनभने उनीहरुलाइ डर भन्ने चिज नै हुन्न  त्यसैले केहि हदसम्म कडा हुनुपर्दछ !


एउटा १५ वर्षको नेपाली बच्चो आफ्नो बाबुआमासंगै विदेश आएछ दश वर्षको उमेर हुँदा  एक्लो छोरो, बाबुआमाले पनि माया गर्ने नै भए, त्यसमाथि उसलाई बिदेशी हावापनिले पनि समात्यो ! बिस्तारै उसले साथीहरु पनि बनायो, यताको सब संस्कार थाहा पायो अनि बाबुआमालाइ यतैको शैलीमा व्यवहार देखाउन थाल्यो ! बाबुआमालाइ विदेशमा त छोराछोरी १६ वर्ष भएपछी एकलाई बस्न खोज्छन, हाम्रो छोराले पनि एक्लै बस्ने हो की भन्ने पिर भयो ! उनीहरुको मानसिकतामा पनि परिवर्तन आयो, नेपालमा पिट्ने गरेको पनि छुट्यो ! छोरोले बाबुआमाको कुरा सुन्न छोडेर यता उता जाने, हुँदा हुँदा स्कूल नै नजाने सम्म गर्न लाग्यो ! बाबुआमाले जे भने पनि नसुन्ने अनि किन स्कूल जदैनस त भन्दा केहि नबोल्ने, झोक्रिने गर्न थाल्यो ! उनिहरुले पनि हारखाएर डाक्टरको सल्लाह लिन गए ! डाक्टरले यस्तै हो अब घर ढिलो आउने वा एक-दुइ दिन बेपत्ता नै हुन सक्छ भनेर पठाएछ ! त्यस्तो हुन नदिन छोडेर अविभावकले "त्यहाँ घर बाट कतै जाने होइन, खुरुक्क टाइममा घर आउने" भन्नु कहाँ छ कहाँ अब यो एक-दुइ दिन बेपत्ता हुन्छ तर केहि हुदैन भनेर चुप चाप बसे ! नभन्दै केटो दुइ दिन बेपत्ता नै भयो !


यस्ता थुप्रै घटना भै रहेका छन् जता ततै । हामी विदेशमा आएका छौँ भनेर सोच्नु हुदैन, हामी नेपाली हौ, हाम्रो संस्कृति यस्तो हो भनेर त्यसलाई प्रार्थमिकता दिनु पर्छ  कुनै कुरामा तलमाथि हुने बित्तिकै झपार्ने, थर्काउने त्यति गर्दा नमाने पिट्न पनि पर्छ  आफ्नै सन्तान हुन्, ठिक मार्गमा ल्याउनु त जसरी नी पर्यो नी, आफ्नै छोराछोरीसंग डराएर नी चल्छ र 


के तपाईं आफ्ना सन्तानलाइ ट्रयाकमा ल्याउन पिट्नु हुन्छ त ?


[तस्विर साभार : http://punishmentforchildren.com र http://www.ideasevolved.com ]

Searching for an intenship ? Here is the list of ICT companies in Europe.

From the past one month i am searching for an internship in the field of Information and Communication Technology. I had a problem finding the list of companies that made me spend lots of time searching for the company, sometimes searching for the web pages. I think many of you are also finding difficulties due to these things. If you are not its good :) 
So, I present here the list of few of those ICT companies in Europe which i have managed to find. Grab a thesis/internship or a job !!!