जीवन ...

Posted on 12/17/2010 by अलङ्कार अर्याल



के जीवन यस्तै हो त ? जो मानिसहरु पहिले मेरा प्रिय थिए अहिले तिनीहरु नै पर पर गएका छन् र पर पर हुदै छन् , बिदेशिएका छन् , आफ्नो तालमा लागेका छन्, कतिले झगडा पनि गरे र कतिले त मलाई बिर्सी पनि सके होलान् ! तर मलाई लाग्छ हाम्रो जीवन यी सब कुराको लागि धेरै नै छोटो छ ...

म आज धेरै पछी फेसबुकमा साथीहरुको प्रोफाइल हेर्दै थिएँ ... साथीहरुसँग बिताएका पललाई कैद गरिएको थुप्रै तस्विरहरु देखेर मन नै रोमान्चित भयो ... अर्कै किसिमको रमाइलो अनुभूति भयो ...

कोहि साथीहरु अहिले विदेश गएका छन् र एम. एस. एन. र याहूमा अनलाइनमा भए पनि बोल्दैनन् ( मैले धेरै चोटी हेलो लेखे तर उत्तर आएन ), महिला साथीहरु र केहि केटा साथीहरुको पनि विवाह पनि भैसक्यो, अरु अफिसमा पनि ब्यस्त हुन्छन् होलान्, कोहि त आफ्नो प्रेमिकासँग बात मार्दैमा फुर्सद पाउदैनन् ! एउटा बच्चैदेखि मिल्ने साथीले त बारम्बार फोन गर्दा फोन पनि उठाउदैन ... ( उसलाई मैले कक्षा ६ बाट एकै चोटी कक्षा ८ मा फड्को मारेर पो हो कि रीस उठेको मैले आजसम्म बुझ्न सकेको छैन ) मलाई थाहा छ कि समय गतिशील छ, मलाई थाह छ कि सबैजना सदाको लागि संगै हुन सक्दैनौ तर अहिले यस बेला यो कुराले मलाई सार्है खलबल्याएको छ !

अहिले एकाएक त्यो मित्रको याद आयो जससँग मैले +२ संगै पढें, इंडियामा इन्जिनीयरिंगसंगै पढ्ने भनेर गइयो तर केहि महिना पछी बोल्नै छाडे ... न कुनै झगडा भएको थियो न कुनै कुरामा मनमुटाब ... मैले बोल्ने प्रयास गरिरहे तर केहि सिप नलागेपछि छुट्टै बस्ने निधो गरेर म भुटानी साथीहरुसँग बस्न थालेँ ... ५ महिना पछी उनै मित्र मसँग आफै बोल्न आए, सायद उनलाई मेरो आत्मियता पछी आएर मात्र थाहा भयो कि ?

मलाई अतीतका पलले सताईरहेको छ ... मैले प्रिय ठानेका मानिसहरुले पछी गएर आफै दुरी बढाउदै गएका छन् र यसले सार्है चोट पुर्याउदो रहेछ !
के मैले मानिस चिन्न गल्ति गर्छु ? यो प्रश्न मेरो दिमागमा अहिले नाचिरहेको छ र म अब नयाँ मित्रता गाँस्न पनि डराईरहेको छु...

प्रतिक्रियाहरु