गजल : याद आयो

Posted on 11/25/2010 by अलङ्कार अर्याल


आज मलाई मेरो गाउँ सार्है याद आयो
तौलिहवाको मायाले एक्दमै सतायो ।

तिलौराकोट् जङ्गलको बनभोज अनि
बाबा दाईको जेरी सम्झी मुख नै रसायो ।

तौलेश्वरनाथ् मन्दिर गै चोरिन्थ्यो प्रसाद
पण्डित् जीले चाल पाए अर्कैलाई फसायो ।

बेलुकाको खाना खाई हजुरआमालाई
कृष्णजीका लिलाहरु सुनाउ्न लगायो ।

ऐतिहासिक शहर हो मेरो तौलिहवा
शिद्धार्थलाई गौतम बुद्ध यसैले बनायो ।

आज मलाई मेरो गाउँ सार्है याद आयो ।
तौलिहवाको मायाले एक्दमै सतायो

1 Response to "गजल : याद आयो"

. Dhruba Panthi Says....

गजल पढ्दै जाँदा मलाई पनि धेरै कुराको याद आयो। हामीहरु एकै ठाउँका जो परेछौँ :)

प्रतिक्रिया दिनुहोस्!