फेसबुक ह्याक भएमा के गर्ने !

Posted on 11/23/2010 by अलङ्कार अर्याल

एम. एस. एन मा साइन-इन गरेको, धेरै इमेल देखेर म फेसबुक चलाउन थालेँ ! त्यहाँ एउटा लिंक पोस्ट गरिएको देखें मेरा एउटा मित्रले ! मित्र पनि कम्प्युटर इन्जिनियर अनि आफु पनि त्यहीं खेतको, त्यसैले केहि चाहिने अचम्मको कुरा पो हो कि भनेर क्लिक्क गरें ! त्यो लिंक जाँदा जाभास्क्रिप्टको कोड देखायो ! मैले यो नाथे किन पठाएको होला भनेर बन्द गरेर भान्सा तिर माम खान गएँ !

माम खाएर आएको त मेरो नाममा त्यहिँ लिंक ३० जना साथीहरुको भित्तोमा गइसकेको रहेछ ! म के गरौं के गरौं भयो ! अनि एक एक गर्दै सब जनाको प्रोफाइल गएर त्यो हटाईदिए !

धेरैजनाले यस बारेमा अफ्नो ब्लगमा लेखेका पनि रहेछन " क्लिक नगरौँ यस्ता लिंकहरु भनेर " | क्लिक गरिसकेकाले चाहिँ के गर्ने अब कसरी समाधान गर्ने भन्ने कुरा खासै कसैकोमा लेखिएकोमा देखिन | त्यसैले लेख्दै छु !

त्यस्तो लिंकमा क्लिक गरियो भने २ ओटा कुरा हुन सक्छ !
१.तपाईंको नामबाट तपाईंको साथीहरु प्रोफाइलमा त्यहिँ लिंकको पोस्ट हुन सक्छ जसले सामान्य उत्पात मच्चाउन सक्छ ! जस्तै तलको चित्र हेर्नु होस् !



२. यस्ता स्पाम-मालवेयरहरु ले तपाईंको निजि जानकारीहरु चोर्न सक्ने, तपाईंको साथीहरु को कम्पुटरमा भाइरस पठाउने जस्तो काम गर्न सक्छ !

त्यसैले सकेसम्म त्यस्तो आपत्तिजनक लाग्ने लिंकहरुमा नजानु होस् |  तर म जस्तै गैसक्नु भएर दु : ख पाउनु भएको छ भने २-४ ओटा कुरा भन्छु गर्नु होला !

१. कुनै पनि नोटिफिकेसनमा क्लिक गर्दा तपाईंलाई स्वीकृतिको लागि आनुरोध भनेर देखायो भने त्यसलाई अनुमति नदिनु होला ! 

२. त्यस्तो भित्ते पोस्टमा गएर उजुरी गर्नुहोस् मा थिचेर  उजुरी गर्नु होला ! मैले त्यो हटाईसकेकोले चित्र देखाउन असमर्थ भए !
३. व्यवस्थापनमा गएर केहि दिनको लागि भए पनि साथीहरु लाई भित्तामा लेख्न अनुमति नदिनुहोस !


४. शंकास्पद Application हटाइदिनु होस् !


यी त भए केहि उपायहरु | अब केहि सुझावहरु पनि ...
१. साथीले पठाएको भनेर कुनै पनि लिंक सुरक्षित छ भन्ने सोचेर क्लिक नगर्नु होला !

२. आजकल छोटा लिंकहरु राख्ने चलन चलेको छ, प्राय ट्विटरतिर ! त्यस्ता लिंक लाई लामो बनाएर मात्र क्लिक गर्नु होला ! ExpandMyURL.com  मा गएर गर्न सकिन्छ !

३. त्यस्ता URL हरु अलिकति छुट्टै किसिमका नाम भएका हुन्छन् | प्राय : फेसबुक बाहिरका वेब ठेगानाहरु  हुन्छन ! ख्याल गर्नु होला !

आफुले यस्तो बेहोरिसक्नु भएको छ भने अरु साथीहरुलाई पनि सल्लाह दिनुहोला ! अरु पनि जानकारीहरु भए यहाँ बाढ्नु होला !  आशा छ कि तपाईंलाई पक्कै यो पोस्टले सहयोग गर्ने छ | 
   

5 Response to "फेसबुक ह्याक भएमा के गर्ने !"

. Friendycalls Says....

यिनलाई त आफैँमाथि बज्रपात नपरी लेख्दैन रैछन बाइ .... यस्तै बज्रपात पर्दै जाओस ..... हाम्ले यिनका लेख पढ्दै रहन पाऔं !! :)

. अलङ्कार अर्याल Says....

इनले त खतरा डाइलग हानेछन् :) प्रयासरत छु !! राम्रो सामग्री पाएमा बाढ्ने गर्छु नि है !

. Dilip Acharya Says....

फेबुकमा "आक्रमणहरु" भे रहेको बेलामा निकै समसामयीक र जानकारीमूलक लेख ।

फेसबुक चलाउने सबैले जानीराख्नु पर्ने भएकोले मैले पनि मेरो फेसबुक र ट्वीटरमा सेयर गरेँ है :)

BTW, छोटा लिङ्कहरुलाई क्लिक गर्नु अगि स्क्रिनशट सहित हेर्न http://longurl.org/ पनि काम लाग्छ ।

. अलङ्कार अर्याल Says....

दाईलाई धेरै धेरै धन्यवाद जानकारी थप्नु भएकोमा र पोस्ट बाँढ्नु भएकोमा ।

प्रतिक्रिया दिनुहोस्!