Showing posts with label technology news. Show all posts
Showing posts with label technology news. Show all posts

कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?

"कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?  के हाइबर्नेट गर्दा ब्याट्री बिग्रिन्छ?"

- सरल भाषामा भन्नु पर्दा हाइबर्नेट यस्तो किसिमको कम्प्युटर/ल्यापटप बन्द गर्ने तरिका हो जसमा हामीले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ, जसले गर्दा अर्को पटक कम्प्युटर खोल्दा पहिले जसरी आफ्ना फाइल र एप्लिकेसनहरु खोलिएको थियो त्यसै गरि नै सबै फाइलहरु खुल्छ!

हाइबर्नेट गर्दाका फाइदाहरु के के छन् भन्दा:



  • सामान्यतया अर्को पाली कम्प्युटर खोल्दा नर्मल सटडाउन गरेको भन्दा अलिक छिटो खुल्छ (यो कुरा कम्प्युटर-कम्प्युटर पिच्छे फरक पर्न सक्छ) ! 
  • तपाईंले आफ्नो एप्लिकेसनहरु (जस्तै अफिस, फोटोशप, पेजमेकरहरु ) खोल्न पर्दैन ! पहिले छोडेकै अवस्थामा तपाईंको कम्प्युटर रहन्छ! 
  • हाइबर्नेट गरेपछी स्लिप मोडमा जस्तो विद्युतीय आवश्यकता पर्दैन! 
यसरी हेर्दा  हाइबर्नेटले ल्यापटप ब्याट्रीलाई असर गर्ने कुरा देखिदैन!

तर म अझै बिस्तृत रुपमा केहि कुरा भन्न चाहन्छु! माथि भनिए जस्तै हाइबर्नेटले तपाईले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ एउटा फाइलको रुपमा! त्यो फाइलको नाम - hiberfil.sys हो! यसको साइज तपाईंको कम्प्युटर को RAM को साइज जति हुन्छ! अनि यो फाइल तपाईं मेटाउन सक्नु हुन्न! अर्को फाइल हो pagefile.sys! यो फाइलको साइज रामको साइज भन्दा १.५ गुना बढी हुन्छ! यो फाइल RAM भरिएमा यसमा अरु जानकारीहरु सुरक्षित राखिन्छ! 

तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि रहिरहने हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ जुन एउटा हानी हो!

हाइबर्नेट गरेर फेरी कम्प्युटर खोल्दा तपाईंको RAM पहिलेकै कार्यहरुले भरिएको हुन्छ! तपाईंको कम्प्युटर पहिले छोडेको अवस्था मै रहन्छ! तपाईंको इन्टरनेट कन्नेक्सन चलिरहन्छ! तपाईंको कम्प्युटरको अरु डिभाइसहरु पनि उस्तै हुन्छन्, ड्राइभर फाइलहरु पनि पहिलेकै खोलिएको अवस्थामा हुन्छन्! सामान्यतया कम्प्युटर सटडाउन गरेर खोल्दा सबै ड्राइभर फाइलहरु पुनः लोड हुने/ खुल्ने हुन्छ तर हाइबर्नेट गर्दा त्यो हुदैन! यसले गर्दा कहिले कहीं तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ र तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ!

त्यसैले हाइबर्नेटको हानी भनेको


  • तपाईंको हार्ड डिस्कको स्पेस भरिन लागेको छ भने हाइबर्नेटको फाइलले तपाईंको डिस्क पुरै भरिन सक्छ! 
  • तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ जसले गर्दा तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ! 
  • तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि पुनः हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ! 

यी त भए थेउरी कुराहरु! मेरो अनुभव छुट्टै छ!

मैले मेरो नयाँ ल्यापटप नियमित २ महिना हाइबर्नेट गरें ! कहिल्यै ल्यापटप सटडाउन गरिन ! ल्यापटपको स्क्रिन तल सारेपछि हाइबर्नेट हुने! त्यो स्टार्ट -> सट डाउनमा माउस लगेर क्लिक गर्न पनि अल्छि लाग्नेलाई त काइदा नै भयो!  एकदिन मेरो कम्प्युटरको ब्याट्ररीमा समस्या भयो! टास्कबारको ब्याट्रीमा क्रस चिन्ह देखियो!  एकदिन त्यस्तै ल्यापटपको स्क्रिन ढ्याप्प लगाउँदा कम्प्युटर धेरै बेस्कन करायो! पहिले पहिले जति प्रोग्राम/एप्लिकेसन खोल्दा पनि नकाराउने ल्यापटप बेस्कन कराउन थाल्यो! स्काइप् मा कल गरिरहेको बेला युट्युब भिडीयो खोल्दा पनि कराउन थाल्यो!

अहिले मैले ब्याट्री बाहेकका समस्या निर्मुल परेको छु!

अनि मैले एउटा निस्कर्ष निकालेको थिएँ! दिनभरी हाइबर्नेट गरेपनि राति सुत्नु अघि सटडाउन गर्नु पर्ने रहेछ! यी सबै मेरा माथिका समस्या कम्प्युटरको थेउरीले हुन्छ भन्दैन तर मैले सामान्यतया बुझेको कुरा के हो भने- हामीले एउटै मोजा संधै लगाउन सक्छौं! तर दिन दिनै त्यो मोजा लगाउँदा मैलो हुन्छ! गनाउँछ! त्यसैले हामीले त्यो मोजा सफा गरेर लगाउछौं ! [कसैले मोजा त च्यात्तिन्छ पनि भन्नुहोला ;) हो मोजा च्यात्तिन्छ अनि तपाईं नयाँ मोजा किन्नु हुन्छ! त्यसैगरी तपाईंको ल्यापटप भन्दा राम्रो अर्को ल्यापटप पनि त आउन सक्छ अनि तपाईं त्यो किन्न सक्नु हुन्छ! आयु कै कुरा गर्ने हो भने हार्ड डिस्कको पनि आयु हुन्छ भन्छन्! ]

त्यस्तै ल्यापटप पनि दिनको एक चोटी सफा गर्नु पर्छ! सफा गर्ने भनेको सटडाउन गर्ने अनि अर्को पाली कम्प्युटर खोल्दा तपाईंको कम्प्युटरको ड्राइभर, रजिस्ट्री फाइलहरु सफा हुन्छन्, RAM सफा हुन्छ! कम्प्युटरको भाषामा यसलाई क्लिन बुट भनिन्छ! मोजा रुमाल दिनदिनै सफा गरेजस्तै तपाईं पनि दिन दिनै एक चोटी भएपनि ल्यापटपलाई क्लिन बुट गर्नुहोस् अनि ल्यापटपका धेरै समस्याहरुबाट बच्नुहोस्!



ट्विटरमा कभर फोटो राख्ने तरिका

ट्विटरले पनि भर्खरै आफ्नो पेज परिवर्तन गरेको छ! यसमा अहिले नयाँ ME भन्ने मेनु थप गरिएको छ! अझ अर्को रोचक कुरा भनेको अब Facebook र Google+ मा जस्तै तपाईंले कभर फोटो राख्न सक्नु हुन्छ!कतिले अरुको देखेर कसरी गर्ने होला भनेर सोच्दै हुनुहुन्छ होला ;) कतिले त थाहा पाइसक्नु भएको होला, थाहा नभएकालाई यो पोस्ट उपलब्धिमुलक हुन सक्छ!




१. पहिले तपाईंले ME लाई क्लिक गर्नु पर्छ!
२. त्यो गरेपछी तपाईंको प्रोफाइल पेज खुल्छ! तपाईंले माथिल्लो भाग को देब्रे तिर Edit your profile लेखिएको बटन देख्नु हुन्छ! त्यसलाई पनि क्लिक गर्नुहोस् अनि अर्को पेज खुल्छ!
३. तपाईंले स्क्रिनको देब्रे तिर लिस्ट मेनु देख्नुहुन्छ अनि त्यहाँ मध्येको डिजाइन आइटममा क्लिक गर्नुहोस्!


४. अब पेज स्क्रोल गरेर Customize your own भन्ने खोज्नुहोस् ! त्यहाँ Header भन्ने हुन्छ! त्यहाँ भएको Change header बटनमा क्लिक गरेपछी तपाईंलाई मनपर्ने कभर फोटो कम्प्युटरबाट ब्राउज गरेर अपलोड गर्नुहोस् !  फेसबुक र गुगल प्लस जस्तै त्यो फोटोलाई ड्रयाग गरेर रिपोजिसन गर्न सकिन्छ!

तपाईंले मोबाइलबाट पनि यसरी नै परिवर्तन गर्न सक्नु हुन्छ! मोबाइलबाट Header परिवर्तन गर्दा एल्बमबाट वा सिधै क्यामेराबाट फोटो अपलोड गर्न सक्नुहुन्छ!   
(नोट: फोटोको आकार बढीमा १२०० X ६०० पिक्सेल र ५ एम बि हुनुपर्दछ!)

हेर्नुस् त मेरो प्रोफाइल कस्तो देखियो! राम्रो छैन त ...


अब तपाईं पनि ट्विटर प्रोफाइलमा कभर फोटो राख्ने की त ?

मात्तिएर लेखिएको म्यासेज हटाउने नयाँ एप्लिकेशन

आइ-फोनले एउटा नयाँ अनुप्रयोग (एप्लिकेशन) निकालेको छ, जसबाट तपाईंले फेसबुक र ट्विटरबाट मात्तिएको अवस्थामा लेखिएका म्यासेज हटाउन सक्नुहुन्छ | त्यो नयाँ अनुप्रयोगलाइ "Last Night Never Happened" ( गत राति केहि भएन ) | १.१९ पाउण्डमा किन्न सकिने यस अनुप्रयोगले निश्चित समयावधि भित्रका सामाजिक संजालका स्ट्याटस अपडेट,ट्विट, फोटो र प्रतिक्रिया जस्ता सबै लज्जास्पद क्रियाकलापहरु हटाइदिन्छ |

अनुप्रयोगका प्रोग्रामर डेनियल कोवेन भन्छन् - " हामी कहिले कहिँ भावुक वा असन्तुलित हुन्छौ र लज्जास्पद कुराहरु पोस्ट गर्न सक्छौँ जसले गर्दा हाम्रो परिवार, साथीभाई र आफ्ना कार्यस्थलमा मित्रहरुलाइ समेत प्रभाव पर्न सक्छ | यो अनुप्रयोगले तपाईंहरुलाइ यस्ता पोस्टहरु इन्टरनेटमा फैलिने डरबाट जोगाउनुका साथसाथै धेरै लज्जा हुनुबाट बचाउने काम गर्छ |"

यो अनुप्रयोगलाइ प्रयोग गर्न पनि धेरै नै सजिलो छ | प्रयोगकर्ताले आफुले मादक पेय पदार्थ सेवन गर्न सुरु गरेको समय हालेपछि त्यसपछिका सबै पोस्टहरु आफै हटाईदिन्छ |

लन्डनको आइ-फोन कम्पनिद्वारा यो अनुप्रयोगको विकास गरिएको हो |

फेसबुक ह्याक भएमा के गर्ने !

एम. एस. एन मा साइन-इन गरेको, धेरै इमेल देखेर म फेसबुक चलाउन थालेँ ! त्यहाँ एउटा लिंक पोस्ट गरिएको देखें मेरा एउटा मित्रले ! मित्र पनि कम्प्युटर इन्जिनियर अनि आफु पनि त्यहीं खेतको, त्यसैले केहि चाहिने अचम्मको कुरा पो हो कि भनेर क्लिक्क गरें ! त्यो लिंक जाँदा जाभास्क्रिप्टको कोड देखायो ! मैले यो नाथे किन पठाएको होला भनेर बन्द गरेर भान्सा तिर माम खान गएँ !

माम खाएर आएको त मेरो नाममा त्यहिँ लिंक ३० जना साथीहरुको भित्तोमा गइसकेको रहेछ ! म के गरौं के गरौं भयो ! अनि एक एक गर्दै सब जनाको प्रोफाइल गएर त्यो हटाईदिए !

धेरैजनाले यस बारेमा अफ्नो ब्लगमा लेखेका पनि रहेछन " क्लिक नगरौँ यस्ता लिंकहरु भनेर " | क्लिक गरिसकेकाले चाहिँ के गर्ने अब कसरी समाधान गर्ने भन्ने कुरा खासै कसैकोमा लेखिएकोमा देखिन | त्यसैले लेख्दै छु !

त्यस्तो लिंकमा क्लिक गरियो भने २ ओटा कुरा हुन सक्छ !
१.तपाईंको नामबाट तपाईंको साथीहरु प्रोफाइलमा त्यहिँ लिंकको पोस्ट हुन सक्छ जसले सामान्य उत्पात मच्चाउन सक्छ ! जस्तै तलको चित्र हेर्नु होस् !



२. यस्ता स्पाम-मालवेयरहरु ले तपाईंको निजि जानकारीहरु चोर्न सक्ने, तपाईंको साथीहरु को कम्पुटरमा भाइरस पठाउने जस्तो काम गर्न सक्छ !

त्यसैले सकेसम्म त्यस्तो आपत्तिजनक लाग्ने लिंकहरुमा नजानु होस् |  तर म जस्तै गैसक्नु भएर दु : ख पाउनु भएको छ भने २-४ ओटा कुरा भन्छु गर्नु होला !

१. कुनै पनि नोटिफिकेसनमा क्लिक गर्दा तपाईंलाई स्वीकृतिको लागि आनुरोध भनेर देखायो भने त्यसलाई अनुमति नदिनु होला ! 

२. त्यस्तो भित्ते पोस्टमा गएर उजुरी गर्नुहोस् मा थिचेर  उजुरी गर्नु होला ! मैले त्यो हटाईसकेकोले चित्र देखाउन असमर्थ भए !
३. व्यवस्थापनमा गएर केहि दिनको लागि भए पनि साथीहरु लाई भित्तामा लेख्न अनुमति नदिनुहोस !


४. शंकास्पद Application हटाइदिनु होस् !


यी त भए केहि उपायहरु | अब केहि सुझावहरु पनि ...
१. साथीले पठाएको भनेर कुनै पनि लिंक सुरक्षित छ भन्ने सोचेर क्लिक नगर्नु होला !

२. आजकल छोटा लिंकहरु राख्ने चलन चलेको छ, प्राय ट्विटरतिर ! त्यस्ता लिंक लाई लामो बनाएर मात्र क्लिक गर्नु होला ! ExpandMyURL.com  मा गएर गर्न सकिन्छ !

३. त्यस्ता URL हरु अलिकति छुट्टै किसिमका नाम भएका हुन्छन् | प्राय : फेसबुक बाहिरका वेब ठेगानाहरु  हुन्छन ! ख्याल गर्नु होला !

आफुले यस्तो बेहोरिसक्नु भएको छ भने अरु साथीहरुलाई पनि सल्लाह दिनुहोला ! अरु पनि जानकारीहरु भए यहाँ बाढ्नु होला !  आशा छ कि तपाईंलाई पक्कै यो पोस्टले सहयोग गर्ने छ | 
   

गुगलले इन्टर्नेट सर्चमा Instant Preview थप्यो !

युजरहरुलाई इन्टर्नेटमा केहि खोज्दा छिटो र प्रभावकारी बनाउन गुगलले Instant Preview उपलब्ध गरेको छ ।

" Instant Preview ले ग्राफिकल ओभरभिउ प्रदान गर्छ र धेरै मिल्ने सर्च नतिजा हाईलाइट हुनेछ अनि पत्रिका पल्टाए जस्तै सहि पृष्ठ खोज्न छिटो हुने छ " भन्छन गुगलका प्रोडक्ट म्यानेजर राज कृष्णन ब्लगमा ।

यो तरिका प्रयोग गर्नको लागि सर्च शिर्षक निरको म्यग्नीफाइंग ग्लास मा क्लिक गर्नुपर्छ जसले दाहिने तिर भिजुअल ओभरभिउ देखाउछ ।

Instant Preview ले
१. सर्च नतिजा छिट्टै दाँज्न सहयोग गर्छ
२. चाहिने र उपयोगी नतिजा हाईलाइट गर्छ
३. भिजुअल ओभरभिउ देखाउछ

१/१० सेकेन्डमै Preview नतिजा लोड हुन्छ जबकी अन्य वेब सर्च इन्जिनहरु कम्तिमा ४ देखि ५ सेकेन्ड लिन्छन । यो नंया प्रविधी केहि दिन पछि ४० भाषामा देख्न सकिन्छ ।

मोबाइलको लागि पनि Google Instance राखिएको छ तर अलिक फरक खालको छ । केहि टाइप गर्न क्लिक गर्ने बित्तिकै गूगलको सर्च बक्स माथि सर्छ र अक्षर टाइप गर्दा आफै सर्च नतिजा तल देख्न सकिन्छ, इन्टर अथवा सर्चबटन लाई नाथिची । मोबाइलमा प्रयोग गर्नको लागि मोबाइल ब्राउजरमा गएर गूगलको वेबपृष्ठमा गएर Instance (beta ) लाई ओन गर्नु पर्छ ।

Instant Preview ले कसरी काम गर्छ हेर्नको लागि तलको भिडिओ हेर्नुहोस् ।



फेसबुक र वेब मिश्रित नयाँ ब्राउजर


फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरुका प्रयोगकर्तालाई मध्यनजर गरेर एउटा नयाँ वेब ब्राउजर निकलिएको छ जसको नाम हो रकमेल्ट । गूगलको क्रोमियम सोफ्टवेयर प्रयोग गरेर, मार्क आंड्रीसनले ( नेट्स्केपका संस्थापक ) यसलाई बनाउने योजना बनाए ।

प्रयोगकर्ताले आफुले गर्ने हरेक कुराहरु फेसबुक र ट्विटरका साथीहरुसंग बाँड्न सक्छन । हरेक वेबपृष्ठको मुन्तिर धेरै सम्पर्कमा रहने फेसबुक र ट्विटरका साथीहरु देख्न सकिन्छ । ' प्रयोगकर्ताले वेबसाइट हेर्ने मात्र होइन अरु कुराहरु पनि गर्न मिल्नु पर्छ भन्ने सोचेर हामीले प्रयोगकर्ताको इच्छा अनुसारको वेब ब्राउजर बनाउन खोजेका हौँ ! आज ब्राउजरले तपाईंलाई विश्वसंग जोड्छ, किन तपाईंको विश्व नै ब्राउजरमा नराख्ने ? ' भन्छन विकासकर्ताहरु ।

यो नयाँ ब्राउजरले फोटो, भिडिओ र लिंकहरु ब्राउजरको बाकसमा तानेर बाँड्न सजिलो बनाएको छ । रकमेल्ट प्रयोग गर्नु अघि साइन इन् गर्नु पर्ने हुनाले तपाईंको मनपर्ने वेबसाइट, ब्लग र साथीहरु देख्न सकिन्छ । ब्राउजरले नयाँ पोस्ट, भिडिओ आदि तपाईंको मनपर्ने साइटमा भए सुचित गराउँछ ।

यस ब्राउजरमा इन्टर्नेट सर्च गर्ने तरिका पनि अलिक फरक छ, गुगलका प्रथम दस खोज नतिजाहरु क्लिक गर्नु पुर्व प्रत्येक पृष्ठसंगै देख्न सकिन्छ । प्रयोगकर्ताको मनपर्ने ब्लग, साथीहरु रकमेल्टलाई थाहा हुन्छ त्यसैले प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरु संग्रह गर्नु अघि सुचित गराउँछ । रकमेल्टले कुनै पनि जानकारी तेस्रो पक्षलाई नदिने दाबी गरेको छ ।

यो नयाँ सोंचको ब्राउजरले कत्तिको उपलब्धि पाउँछ, त्यो त हेर्ने बाँकि नै छ ।