गजल : सकिन

Posted on 9/28/2010 by अलङ्कार अर्याल


दाग लाग्यो जिन्दगीमा मेट्न सकिन ।
सफलतालाई मैले अझै भेट्न सकिन ।।

रिसाएर मसंग तिमी जान खोज्दा ।
घरको त्यो मूल ढोका छेक्न सकिन ।।

सयपत्री-मखमली फुल फुल्ने महिना
फक्रिएको फुल कुनै देख्न सकिन ।।

कपि कलम लिएर गजल लेख्छु भन्दा ।
तिम्रै मुहार कोरिइन्छ लेख्न सकिन ।।

4 Response to "गजल : सकिन"

. अलङ्कार अर्याल Says....

धन्यवाद Core !!!
भिमजी, मैले इमेल पठाको छु ! हेर्नु होला !

. Unknown Says....

मलाई पनि मनपर्यो गजल.. लेख्दै गर्नुहोला !! :)

प्रतिक्रिया दिनुहोस्!