के शाहरुख खान साँच्चै धार्मिक एकताका प्रतिक हुन् त ?

Posted on 9/30/2010 by अलङ्कार अर्याल

"के शाहरुख खान साँच्चै धार्मिक एकताका प्रतिक हुन् त ?" यहिँ विषयमा आज ३० सेप्टेम्बर देखि तीन दिन सम्म वियाना विश्वविद्यालय, वियानामा गोष्ठी हुन लागेको छ ! विश्वभरिका करिब ४० जना विभिन्न विश्वविद्यालयहरुका वक्ताहरुद्वारा शाहरुख खानका बारेमा थुप्रै विषयमा छलफल र चर्चा गरिने छ !

त्यस गोष्ठीमा नेपालकी अलका आत्रेय चुडालले पनि "Lyrics in ‘Main Hoon Na’ : Shahrukh Khan and Javed Akhtar " विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ! नेपाली महिला साहित्यकार र सानै उमेरमा बाल विदुषीद्वारा सम्मान भैसक्नु हुने अलका वियाना विश्वविद्यालयमा नेपाली, हिन्दी र संस्कृत भाषाको अध्यापन गराउनु हुन्छ !
शाहरुख खानलाई थुप्रै हिन्दी चलचित्रहरुमा दुवै हिन्दु र मुसलमान भएर अभिनय गरेकोले धेरै प्रसंशा गरिएको छ ! धेरै जसो यूरोपियनहरु शाहरुख खान अभिनित चलचित्रबाट भगवानको धार्मिक एकरुपता महसुस गरेको बताउछन् ! हालसाल कुनै चलचित्रको छायांकनमा ब्यस्त शाहरुख खान त्यस गोष्ठीमा भाग लिन आउदैनन तर इमेलबाट धन्यवाद र सहानुभूति प्रकट गरेका छन् !

शाहरुख खानकी पत्नी गौरी जन्मजात हिन्दु हुन् भने शाहरुख खान मुस्लिम, तर पनि यी दुईले हिन्दु र मुस्लिम दुवै धार्मिक पर्व संगसंगै मनाउछन् ! दिल अशियानाबाट (चलचित्र भवनहरुमा रिलिज भने दीवाना पहिले भएको थियो ) अभिनय यात्रा सुरु गरेका र लगभग पचहत्तर चलचित्रमा अभिनय गरिसकेका (साना तथा प्रमुख भूमिकागरि) शाहरुख खान अहिले "र.ओन" चलचत्र छायांकनमा ब्यस्त छन् !

जर्मन भाषा बोल्ने देशहरुमा शाहरुखका चलचित्रले धार्मिक तथा साम्प्रदायिक छाप छोड्नुका साथै सक्रिय फ्यानहरु बटुलेको छ !
सबै धर्म एकै हुन् र कुनै पनि धर्मलाई सानो ठुलो बनाउनु हुदैन ! सबै धर्म प्रति सम्मान गर्नु पर्छ भन्दै म यो पोस्ट यहिँ टुंगाउछु !

- यो पोस्ट अलका आत्रेय चुडालसंगको च्याट र मेरो हिन्दी चलचित्रको ज्ञानको आधारमा तयार गरिएको हो !

2 Response to "के शाहरुख खान साँच्चै धार्मिक एकताका प्रतिक हुन् त ?"

. Sandip's Weblog Says....

............. तर शाहरुख खान को फिल्म "स्वदेश" भने साँच्चै मन खाने छ ।

. अलङ्कार अर्याल Says....

हो ! " माई नेम इज खान " पनि मन छुने खालको छ !

प्रतिक्रिया दिनुहोस्!