केहि मुक्तकहरु

Posted on 4/29/2012 by अलङ्कार अर्याल

तरकारी मै झोल हाले दाल किन चाहियो ?
हँसाउने गीत गाउँन लाई ताल किन चाहियो ? 

जति झर्छ झारोस्, ह्या तातो पानीले नुहाउने हो, 
तालु छोप्न टोपी लगाए कपाल किन चाहियो ? 

------------------------------- 

मलाई देखि मुसुक्क पर्ने हरु धेरै थिए ! 
बोलि सुनी भुतुक्कै मर्ने हरु धेरै थिए ! 
मेरो अतितको कुरा सुने अत्तिएलाउ, 
मलाई पनि मिस कल गर्नेहरु धेरै थिए ! 

------------------------------- 

पराइलाइ आफ्नो ठानी भुल पो भएछ ! 
मलाई होच्याउने सबैको लागि कूल पो भएछ !
यति सम्म खुल्ला किताब भए छ की जिन्दगी, 
बिच बाटोमा झुन्डिएको तुल पो भएछ !

-------------------------------

2 Response to "केहि मुक्तकहरु"

प्रतिक्रिया दिनुहोस्!