धर्म र धर्म परिवर्तन

Posted on 3/01/2011 by अलङ्कार अर्याल

"मलाई अलिक डर के को लाग्छ भने मलाई विवादमा आउन फिटिक्कै मन लाग्दैन, त्यसैले मैले धर्म, जाति र राजनीतिका बिषयतिर हात हल्दिन । तर जानकारी लिन र पढ्न भने सार्है मन लाग्छ । बेला मौकामा यसो कुराकानी पनि हुन्छ तर आज चाहिँ मेरो सोचाई कत्तिको ठिक हो वा होइन जान्न पनि मन लाग्यो । त्यसैले यो पोस्ट लेख्दै छु । प्रतिक्रियाहरु दिनुहुन्छ भने आशा छ ।"

आजकल धेरै धर्महरु छन् । समयका आधारमा हिन्दु, यहुदी, जोरोएसट्रिनाजीयम्, बौद्धधर्म, शिन्तोधर्म, कन्फ्यूशीवाद, जैन, टाओइजअम्, ईसाईधर्म, इस्लाम र सिख धर्महरु एकपछि अर्को गरि सुरुवात भएको भनिएको पनि छ । सबै धर्ममा " यो संसारमा पाप गर्नेले दण्ड पाउँछ त्यसैले अरुको कुभलो चिताउने काम र हिंसा गर्न हुदैन " भन्ने कुरा नै पाइन्छ । हिन्दु , यहुदी, ईसाईधर्म, इस्लाम र सिख धर्ममा " भगवान सर्वश्रेष्ठ हुनुहुन्छ, उहाँले यो सारा जगतको सृष्टि गर्नु भएको हो र पापबाट मानवतालाइ बचाउने काम गर्नुहुन्छ । पाप गर्ने नर्क जानु पर्छ । " भन्ने कुरा पनि अघिको संगै गाँसिएको पाइन्छ ।

सिख धर्ममा चित्र र मुर्तिलाइ आराधना गर्न पाइदैन, इस्लाम धर्म कुरान पढेर, ब्रत बसेर, जिन्दगिमा एक चोटी मक्का गएर (आर्थिक अवस्था र शारीरिक अवस्था ठिक भए), हिन्दु धर्म फुल, तिलक चढाएर, धार्मिक पुस्तक पढेर चाडपर्वहरु मनाएर, इसाईधर्म धार्मिक भजन(गित) गएर, बाइबल पढेर गरिन्छ । भगवानलाइ प्रार्थना चाहिँ कुनै धर्ममा बसेर गरिन्छ, कुनैमा उठेर, कुनैमा घुँडा टेकेर, कुनैमा झुकेर गरिन्छ । अनि दुइ हात जोडेर गरिन्छ भने कुनैमा हात दुइतिर झुण्ड्याएर । यी कुराहरु विचार गर्दा धर्मले भन्न खोजेको प्राय सबै कुरा मिल्छ, आराधना/उपासना गर्ने तरिका मात्र फरक-फरक पर्न गएको हो जस्तो लाग्छ मलाई ।

यसो हेर्दा हिन्दुधर्मका अनुयायी दक्षिण एसियातिर, इस्लामधर्मका अनुयायी मिडल इस्टका प्रान्त तिर, इसाईधर्मका अनुयायी पश्चिमी मुलुकहरु तिर धेरै पाइन्छन् । होइन, थाईल्याण्डमा बौद्धधर्मावलम्बीहरु छन्, नेपालमा पनि मुस्लिम छन् क्रिस्चियन छन् , पाकिस्तानमा पनि मुस्लिम छन् इंडियामा पनि मुस्लिम छन्, अमेरिकामा पनि हिन्दु छन्, लन्डनमा पनि मुस्लिम छन् भन्ने पनि कसैलाइ पर्न गएको हुनसक्छ । हो, त्यहाँ छन् तर उत्पत्ति त्यहाँ भएको होइन । पहिले मानिसहरु खानेकुरा, जमिन खोज्दै भौतारिँदा ठाउँ ठाउँमा पुगे र अफ्नो धर्मलाइ पालना गर्दै गए र त्यो धर्म त्यहाँ विकास भयो । भारतमा इस्लामधर्म मुगल सम्राटहरुले राज गर्दा, क्रिस्चियनधर्म ब्रिटिसहरुले त्यहाँ गएर राज गर्दा सुरु भएको हो । त्यहाँका भारतीय महिलाहरुबाट जन्मिएका बच्चाहरु स्वतः उसका बाबुको धर्म मान्न थाले । कतै मान्न कर पनि गरिन थाल्यो अनि धर्मपरिवर्तन भयो । नेपालमा भने इस्लामधर्म सुगौली सन्धि पछी क्षेत्र बाँड-फाँड हुँदा भित्रिएको हो भने क्रिस्चियनधर्म जंगबहादुर राणाले युरोप भ्रमणपछी एक पादरी/फादर नेपाल ल्याएपछी भित्रिएको हो तर उलेख्य मात्रामा भने भित्रिएको थिएन र हिन्दुधर्म मान्ने नै धेरै भए ।

धर्म जन्मजात हुन्छ पनि भनिन्छ । कसैले धर्मपरिवर्तन गर्छ भने पनि उसँग संस्कार र रितिरिवाज आफ्नै पुर्खाको नै हुन्छ । त्यो रितिरिवाज आफ्ना बुबा-आमाको देखासिकी गर्दै सिकिने कुरा हो । अफ्नो बुबा आमाको आनीबानि छोराछोरिमा पनि गए जस्तै यस्ता संस्कार आफै बच्चामा सर्छ । त्यसैले मैले आज धर्मपरिवर्तन गरेर मुस्लिम बने भने पनि मेरो र मेरो पुर्खाको हिन्दुधर्मको प्रभाव मेरो २-४ पुस्ता सम्म त अलि अलि जान्छ नै । पछि पछि लोप हुने कुरा त छँदै छ ।

जेनिसा नाम गरेकी एक भारतीय महिला अहिले युरोपको अस्ट्रियामा युनिभर्सिटीमा काम गर्छिन् । उनको बुबा आमा हिन्दुधर्म मान्छन् रे । उनले भने ५ वर्ष जति भयो धर्म परिवर्तन गरेर बुद्धिस्ट बनेकी छिन र हालसालै एक क्रिस्चियनसंग बिहे गरेकी छिन । एकदिनसंगै काम गर्ने बुल्गेरियाली महिला आएर उनको आमाको निधन भएकोले उनको धर्म अनुसार जेनिसालाइ केरा खान दिन्छिन् । जेनिसा केरा लिन्छिन् तर उनको धर्मले मरेको मान्छेकहाँको खाने कुरा खान हुन्न भनेर नखाई त्यो अरुलाइ नै खान दिन्छिन् । एकदिन उनि एउटी हिन्दु साथीसंग " म मेरो घर परिवार एकदमै मिस गर्छु ... त्यहाँको दिपावली, पटका, होलि,नयाँ वर्षहरुमा खुब रमाइलो हुन्थ्यो यहाँ त केहि हुन्न " भनिछिन् ।

हुन त उनि अब बुद्धिस्ट भन्छिन् आफुलाइ तर सानैदेखि मनाउदै आएको हिन्दुधर्मका पर्वहरु किन उनि मिस गर्छिन् ? बुद्धपुर्णिमा किन मिस गर्दिनन् ? हुन पनि हो आफ्ना सबै नातेदार र इस्टमित्रले एउटा धर्म मान्छन् र आफु अर्को धर्म मान्छु भनेर भनियो भने एक्लो त अवश्य परिन्छ । आफुले अर्को धर्म मानिसकेपछि पहिलेको धर्ममा पर्व त बिर्सिनु नै पर्यो र समाजमा अफ्नो घरपरिवार मै एक्लो परिन्छ । यदि मैले अन्य धर्म परिवर्तन गरेँ भने मेरा दिदीबाहिनीले तिहार मनाउन पाएनन् , न मेरा बुबाआमाले मलाई टिकालगाईदिएर आशिर्वाद दिन पाए, न हिन्दु धर्म मान्ने मेरा बुबा आमाले उनको देहान्त पछी छोराले श्राद्द गरेर पिण्ड दिएर हाम्रो आत्मालाइ शान्ति देला भन्ने आस राख्न पाए ।

मैले कसैलाई पनि धर्मपरिवर्तन गर्न हुन्न भन्न खोजेको होइन । सबैको अफ्नो अफ्नो विचार हुन्छ र अरुको तर्कहरु राम्रो पनि हुन सक्छ । तर मेरो विचारमा सबै धर्म एकै हुन् तर आराधना गर्ने कुरा मात्र बेग्लै हो भन्ने हो । मेरा मनमा आएका कुराहरु त अरु पनि थिए तर यो पोस्ट लम्भिन लाग्यो । अर्को पाली फेरी संस्कार, पारम्पराको बारेमा लागेको कुरा लेख्ने छु । धन्यवाद ।

5 Response to "धर्म र धर्म परिवर्तन"

. Wisdom Says....

दिलिपजी,
तपाईंको विचार राम्रो लाग्यो l तपाईं भन्नु भए जस्तै आफ्नो संस्कार र संस्कृतिको जरो साह्रै दिगो हुन्छ l हामी आवरणma देखिने सांस्कृतिक क्रियाकलाप हरुलाई नै धर्म भन्ने अर्थमा लिंदा तपाईं को भनाइ सत्य हो l तल का दुइ वटा लिंक हरुले तपाईं को कुरा लै अझ स्पष्ट पार्नेछ l संयुक्त राष्ट्र संघमा बोलेको यो भाषण निकै चित्त बुझ्दो लागेको थियो मलाई l

http://www.youtube.com/watch?v=5ak5K4M3X2c
http://www.youtube.com/watch?v=4zMUIGI2yRM&feature=related

. Wisdom Says....

sorry Alankar ji,
I reached to this page from Dilip's blog. So, I didn't notice the writer.
Keep posting with such positive messages.

. अलङ्कार अर्याल Says....

धन्यवाद शाक्यजी !
अब भने मेरो परिचय कतै झुण्ड्याएर राख्न पर्ने भएछ ;)

.
Anonymous Says....

I think there is no religion above humanity. With changing Civilization and settlements, people adapted themselves to the climate and place-- so everything from their surrounding became a part of their developing culture. Religions, cultures and beliefs all followed human development- so it gives me a great pain when I see people obsessed with their beliefs trying to show others' cultures, values and beliefs down. No pun intended to anybody, but I really think people should follow their identity of social beings and not let their obsessions rule over relationships.

Great piece of writing!

. samata Says....

nice one..........mero bhanai pani tei ho.... every religion has same core motive...

प्रतिक्रिया दिनुहोस्!