कस्तो रिंगटोनले झोंक उठाउछ ?

Posted on 2/22/2011 by अलङ्कार अर्याल

तपाईं मन लगाएर केहि काम गर्दै हुनुहुन्छ तर बिचमै तपाईंको एकाग्रता भंग भएको छ ? हिजो म ट्रेनमा पढ्दै गइरहेको थिए मलाई एउटा रिंगटोनले जिस्क्यायो । यो कुरा मानिस पिच्छे फरक फरक हुने पनि हुनसक्छ । मलाई एक प्रकारको रिंगटोन मन पर्ने हुन्छ, अरुलाइ अर्कै खालको । तर कुनै महत्वपूर्ण काम गरिदै छ भने त रिंगटोनहरुले पनि पागल बनाउँछ ।

खास गरि अरु भाषाको रिंगटोन छ भने त्यसले दिक्क पार्छ । थुप्रै ठाउँको थुप्रै खालको संगित हुन्छ, बोलि हुन्छ । त्यसैले पनि होला झर्को लगेर आउने । अझ कोहि कोहि त मोबाइलमा रहेका हरेक कन्ट्याक्टका लागि भिन्दा भिन्दै रिंगटोन हाल्छन् । त्यस्ता मानिससंग १ घण्टा बिताउन पर्यो भने तपाईंलाइ थाहा हुन्छ कति सकस हुन्छ भनेर ;)

कोहि कोहि भने फेरी अरुलाइ डिस्टर्ब गर्दिन भन्ने सोचेर मोबाइललाइ भाइब्रेसनमा राख्छन् । खल्ती मै मोबाइल राखे त ठिक छ, तर उनले मोबाइल डेस्कमा राखे र तपाईंपनि त्यहि डेस्कमा रहेर काम गर्नु हुन्छ भने चाहिं कति रिस उठ्छ भनेर साध्य छैन । पुरै डेस्क नै भाइब्रेसनले थर्काउछ नि त :)

अझ कोहि कोहि त लाउडस्पिकरमा कुरा गर्छन्, उसको वाइयात बार्तालाप सुन्ने कि अफ्नो काम गर्ने पत्तै पाउन गार्हो पर्छ । त्यो पनि पर्सनल कुरा ... अझ अस्ति म प्लेनमा हुँदा मेरो साइडमा बसेकोले किस गर्दै थियो मोबाइललाइ नै । मैले पुर्लुक्कै हेरें अनि फेरी छोड्यो अनि खुसुखुसु गर्यो, पछी मैले वास्ता गरिन, फेरी किस गर्न छोडेन अनि म ट्वाइलेट गएँ । यी त थप कुराहरु भए ।

कसैलाइ पनि चर्को आवाजमा बजेको रिंगटोन मन पर्दैन । सभ्य हुन मोबाइललाइ आफिसमा / कलेजमा भरसक साइलेन्ट वा आफुले सुन्न सक्ने खालको एकदमै मधुरो बनाउन पर्छ होला । तर खासै धेरै मानिसले यस्ता कुराको चाँसो राख्दैनन् तर किन आफै अरुलाइ बाधा पुर्याउनु । हामी आफै अफ्नो कार्यस्थलमा एउटा उदाहरण बन्न सक्छौ नि त, होइन र ? तपाईंलाइ पनि झोंक उठ्या छ कि ? :P

No Response to "कस्तो रिंगटोनले झोंक उठाउछ ?"

प्रतिक्रिया दिनुहोस्!