अर्ज्याल थरको सामान्य परिचय

Posted on 9/27/2010 by अलङ्कार अर्याल

अर्ज्याल थर भएकाहरुको गोत्र आत्रेय हो। आत्रेय गोत्र भन्नाले अत्रि ऋषिका सन्तान भन्ने बुझिन्छ। अर्याल, दवाडी, दुलाल, पौडेल, थापा, पुवार, खुलाल, कालिकोटे र बगाले पोखरेल (पानी), कालिकोटे(खड्का)सिग्देलको गोत्र आत्रेय हुन्छ। अर्ज्याल थर भएकाहरुको मूल वंश उदय भट्ट, सुदय भट्ट हुदै सुरु भएको मानिन्छ।

माथि उल्लेख गरिएका थरहरुको साझा गोत्र आत्रेय भए जस्तै साझा प्रवर आत्रेय, अर्चनानस र स्यावाश्व हुन्। पहिला अर्ज्याल भनिनेमा हाल समयअनुसार अर्याल भएको हो। अर्ज्यालहरुको वेद शुक्ल-यजुर्वेद हो र शाखा माध्यन्दीन हो। खासमा जुन वंश परम्परामा जुन वेदको जुन शाखा प्रचलित छ, त्यस वंशका व्यक्तिले सामान्यतया अन्य वेदको ज्ञान गरे पनि मुख्यतया आफ्नै वंश परम्पराले स्वाध्याय गर्नु पर्ने परिपाटी छ। अर्ज्यालहरुका कुलदेवता वराह हुन्। त्यसैले दिवालीमा वराहको पूजा हुन्छ। अर्ज्याल थर भएकाहरुले आत्रेय गोत्र भएकासंग विवाह गर्न हुन्न भन्ने पनि मान्यता छ। एकै गोत्र र एकैऋषिका सन्तान भएकोले विवाह गर्दा आफ्नो सन्तान लुलो, लंगडो अथवा शारीरिक समस्यासंगै जन्मिने डर हुनसक्ने अनुमान लगाइन्छ।

अन्य जानकारीको लागि अर्ज्याल वंशावली पढ्नु-हेर्नु होला।
१. अर्ज्याल वंशावली र कुलवृत्त - डा.विष्णुराज आत्रेय
२. अर्ज्याल विद्वत्वृत्ति - डिल्लीरमण शर्मा अर्ज्याल

2 Response to "अर्ज्याल थरको सामान्य परिचय"

प्रतिक्रिया दिनुहोस्!