कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?

Posted on 7/09/2013 by अलङ्कार अर्याल

"कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?  के हाइबर्नेट गर्दा ब्याट्री बिग्रिन्छ?"

- सरल भाषामा भन्नु पर्दा हाइबर्नेट यस्तो किसिमको कम्प्युटर/ल्यापटप बन्द गर्ने तरिका हो जसमा हामीले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ, जसले गर्दा अर्को पटक कम्प्युटर खोल्दा पहिले जसरी आफ्ना फाइल र एप्लिकेसनहरु खोलिएको थियो त्यसै गरि नै सबै फाइलहरु खुल्छ!

हाइबर्नेट गर्दाका फाइदाहरु के के छन् भन्दा:



  • सामान्यतया अर्को पाली कम्प्युटर खोल्दा नर्मल सटडाउन गरेको भन्दा अलिक छिटो खुल्छ (यो कुरा कम्प्युटर-कम्प्युटर पिच्छे फरक पर्न सक्छ) ! 
  • तपाईंले आफ्नो एप्लिकेसनहरु (जस्तै अफिस, फोटोशप, पेजमेकरहरु ) खोल्न पर्दैन ! पहिले छोडेकै अवस्थामा तपाईंको कम्प्युटर रहन्छ! 
  • हाइबर्नेट गरेपछी स्लिप मोडमा जस्तो विद्युतीय आवश्यकता पर्दैन! 
यसरी हेर्दा  हाइबर्नेटले ल्यापटप ब्याट्रीलाई असर गर्ने कुरा देखिदैन!

तर म अझै बिस्तृत रुपमा केहि कुरा भन्न चाहन्छु! माथि भनिए जस्तै हाइबर्नेटले तपाईले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ एउटा फाइलको रुपमा! त्यो फाइलको नाम - hiberfil.sys हो! यसको साइज तपाईंको कम्प्युटर को RAM को साइज जति हुन्छ! अनि यो फाइल तपाईं मेटाउन सक्नु हुन्न! अर्को फाइल हो pagefile.sys! यो फाइलको साइज रामको साइज भन्दा १.५ गुना बढी हुन्छ! यो फाइल RAM भरिएमा यसमा अरु जानकारीहरु सुरक्षित राखिन्छ! 

तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि रहिरहने हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ जुन एउटा हानी हो!

हाइबर्नेट गरेर फेरी कम्प्युटर खोल्दा तपाईंको RAM पहिलेकै कार्यहरुले भरिएको हुन्छ! तपाईंको कम्प्युटर पहिले छोडेको अवस्था मै रहन्छ! तपाईंको इन्टरनेट कन्नेक्सन चलिरहन्छ! तपाईंको कम्प्युटरको अरु डिभाइसहरु पनि उस्तै हुन्छन्, ड्राइभर फाइलहरु पनि पहिलेकै खोलिएको अवस्थामा हुन्छन्! सामान्यतया कम्प्युटर सटडाउन गरेर खोल्दा सबै ड्राइभर फाइलहरु पुनः लोड हुने/ खुल्ने हुन्छ तर हाइबर्नेट गर्दा त्यो हुदैन! यसले गर्दा कहिले कहीं तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ र तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ!

त्यसैले हाइबर्नेटको हानी भनेको


  • तपाईंको हार्ड डिस्कको स्पेस भरिन लागेको छ भने हाइबर्नेटको फाइलले तपाईंको डिस्क पुरै भरिन सक्छ! 
  • तपाईंको कुनै डिभाइसले काम नगर्न सक्छ जसले गर्दा तपाईंको कम्प्युटर ह्यांग हुन सक्छ! 
  • तपाईंले धेरै प्रोग्राम/ एप्लिकेसन धेरै समय चलाई राख्नु भएमा तपाईंको ओपेरेटिंग सिस्टमको मेमोरी म्यानेजमेन्टमा असर गर्न सक्छ! यो असर तपाईंले हाइबर्नेट गरेपछि पनि पुनः हुने हुँदा पहिले कै असरसंगै तपाईंको कम्प्युटर फेरी खुल्छ! 

यी त भए थेउरी कुराहरु! मेरो अनुभव छुट्टै छ!

मैले मेरो नयाँ ल्यापटप नियमित २ महिना हाइबर्नेट गरें ! कहिल्यै ल्यापटप सटडाउन गरिन ! ल्यापटपको स्क्रिन तल सारेपछि हाइबर्नेट हुने! त्यो स्टार्ट -> सट डाउनमा माउस लगेर क्लिक गर्न पनि अल्छि लाग्नेलाई त काइदा नै भयो!  एकदिन मेरो कम्प्युटरको ब्याट्ररीमा समस्या भयो! टास्कबारको ब्याट्रीमा क्रस चिन्ह देखियो!  एकदिन त्यस्तै ल्यापटपको स्क्रिन ढ्याप्प लगाउँदा कम्प्युटर धेरै बेस्कन करायो! पहिले पहिले जति प्रोग्राम/एप्लिकेसन खोल्दा पनि नकाराउने ल्यापटप बेस्कन कराउन थाल्यो! स्काइप् मा कल गरिरहेको बेला युट्युब भिडीयो खोल्दा पनि कराउन थाल्यो!

अहिले मैले ब्याट्री बाहेकका समस्या निर्मुल परेको छु!

अनि मैले एउटा निस्कर्ष निकालेको थिएँ! दिनभरी हाइबर्नेट गरेपनि राति सुत्नु अघि सटडाउन गर्नु पर्ने रहेछ! यी सबै मेरा माथिका समस्या कम्प्युटरको थेउरीले हुन्छ भन्दैन तर मैले सामान्यतया बुझेको कुरा के हो भने- हामीले एउटै मोजा संधै लगाउन सक्छौं! तर दिन दिनै त्यो मोजा लगाउँदा मैलो हुन्छ! गनाउँछ! त्यसैले हामीले त्यो मोजा सफा गरेर लगाउछौं ! [कसैले मोजा त च्यात्तिन्छ पनि भन्नुहोला ;) हो मोजा च्यात्तिन्छ अनि तपाईं नयाँ मोजा किन्नु हुन्छ! त्यसैगरी तपाईंको ल्यापटप भन्दा राम्रो अर्को ल्यापटप पनि त आउन सक्छ अनि तपाईं त्यो किन्न सक्नु हुन्छ! आयु कै कुरा गर्ने हो भने हार्ड डिस्कको पनि आयु हुन्छ भन्छन्! ]

त्यस्तै ल्यापटप पनि दिनको एक चोटी सफा गर्नु पर्छ! सफा गर्ने भनेको सटडाउन गर्ने अनि अर्को पाली कम्प्युटर खोल्दा तपाईंको कम्प्युटरको ड्राइभर, रजिस्ट्री फाइलहरु सफा हुन्छन्, RAM सफा हुन्छ! कम्प्युटरको भाषामा यसलाई क्लिन बुट भनिन्छ! मोजा रुमाल दिनदिनै सफा गरेजस्तै तपाईं पनि दिन दिनै एक चोटी भएपनि ल्यापटपलाई क्लिन बुट गर्नुहोस् अनि ल्यापटपका धेरै समस्याहरुबाट बच्नुहोस्!



2 Response to "कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?"

.
Anonymous Says....

Same pinch here.
Normally I do not shut down my laptop, and now my battery backup is dropped to 30 mins from 4 hours.

प्रतिक्रिया दिनुहोस्!