गीत : दशैं

Posted on 5/14/2025 by अलङ्कार अर्याल

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग


केटाकेटी नयाँ नयाँ लुगा लाउने भन्छन् 
आमाबुवा देवीमन्दिर पुजा गर्न जान्छन् 
तास खेल्न मान्छेहरु जम्मा हुने बेला 
चारैतिर दशैं उत्सव कति राम्रो मेला 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग 

बडासँग आसिक लिई ठुलो मान्छे बन्ने 
यहिँ नै हो ठुलो चाड सबै सँग रम्ने 
आकासमा चंगा नाच्छ अरु चेट गरि 
खाइन्छ है धेरै खाना पेट भरि भरि 

ढकमक्क फुल फुल्यो छर्दै धेरै रंग 
दशैँको यो माहोलमा सबै जना दंग

[I also have thought of a Guitar chord for this song as Am F C G]