स्वरसम्राटलाई श्रद्धाञ्जली

Posted on 10/04/2010 by अलङ्कार अर्याल

'संगीतको देश हुँदैन, जात हुँदैन र पहिचान हुँदैन । यसको न भाषा हुन्छ न यसलाई कुनै सीमारेखाले छुट्टयाउन सक्छ ।'

यी शब्दहरु मेरा नभएर नारायण गोपालका हुन् । हुन पनि हो संगीतले जसको पनि मुटु छुन्छ अनि यसले के- कस्तो भनि केरकार गर्दैन । गीत-संगीत नसुन्ने मान्छे बिरलै हुन्छन ।

नारायण गोपाल नेपालीहरु माझ लोकप्रिय गायक हुन् । उनका गीतहरु यति मर्मस्पर्शी छन् कि मन नपर्ने कोहि भेटिदैन । मेरो पनि नारायण गोपाल सबै भन्दा मन पर्ने गायक हुन् । असोज १८ गते १९९६मा जन्मिएर मंसिर १९ मा हामी सबैलाई छोडेर गएका नारायण गोपालका गीतहरु कर्ण प्रिय छन् ।

"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगी देखि जिन्दगी, आत्तिन थलेछ", "आँखा छोपी नरौ भनी", "एउटा मान्छेको मायाले"," झरेको पातझै", "केही मिठो बात गर"," मलाई छोडि मेरो छाया", " पर्खी बसें आउला भनी", "यति धेरै माया दिई मनभरि दुख नदेऊ " आदि ५०० भन्दा बढी गीतहरुमा स्वर दिएका नारायण गोपाललाई स्वर सम्राटको उपाधिले मरणोप्रान्त सम्मान गरिएको थियो ।

नारायण गोपाल गायक मात्र होइनन संगीतकार, रचनाकार, असफल प्रत्रकार पनि हुन् । गीति नाटकको कथा 'कान्छी मस्याङ' पनि उनले नै लेखेका हुन् भन्ने पनि यता कता पढ्न पाइन्छ ।

पत्रमित्र पेमलासँग बैबाहिक सम्बन्धमा बाधिएका नारायण गोपालको जिन्दगीमा धेरै उतार चाडव पनि आए ।उनकी पत्नी पेमलालाई उनका परिवारले स्वीकारेनन् त्यसैले उनले एक्लै दार्जिलिंग गएर पेमलासंग बिहे गरे र सुरुका समयमा पोखरामा बसे। उनलाई जीवनको पूर्वार्धमा आर्थिक सङ्कट आइरहन्थ्यो ।

इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बा पुरस्कारलगायत पुरस्कारले सम्मानित नारायण गोपालले रेडियो नेपालमा गीत रेकर्ड गरि सांगीतिक यात्रा सुरु गरेका थिए । उनको सम्मानमा ' ज्ञानगुनका कुरा-१३ नारायण गोपाल श्रद्धाञ्जली ' नामक पुस्तक शेषराज सिवाकोटीद्वारा लेखिएको छ ।

स्वरसम्राट नारायण गोपाललाई श्रद्धाञ्जली अर्पण गर्दै एउटा उनको दशैँको बारेमा भएको लोकप्रिय गीत छोड्दै बिदा लिन चाहन्छु ।

No Response to "स्वरसम्राटलाई श्रद्धाञ्जली"

प्रतिक्रिया दिनुहोस्!