भनौ कुन कथा?

Posted on 8/30/2018 by अलङ्कार अर्याल

रातले जुनलाई भन्यो
एउटा कथा भनन प्रिय ।
चन्द्रमाको आँखा फर्फरायो,
कपाल कनाउँदै चन्द्रमा सोध्छ-
कुन कथा सुनाउँ प्रिय?

स-साना नानी मोबाइलमा भुलेका
भुर्रा-भुर्री किताबको भारिसंग जुधेका
युवा बेरोजगारीले पिल्सिएका
कि युवती बम्बे-इराकतिर बेचिएका कथा
भनौ कुन कथा ...?

विदेशीएको छोराको बाटो हेर्दै आँखा लठठिएका
नाति-नातिनीलाई खेलाउँदा बुढा घुंडा दुखेका
सासु-बुहारी मिल्न नसकेर परिवारबाट छुट्टिएका
कि दाजु-भाई अंशकालागि रिसमा भुट्टीएका कथा
भनौ कुन कथा?

पहिले कलकल गर्ने अहिले लाटा भएका खोलाका
पानीको मूल सुकेर छटपटीएका ढुंगे धाराका
भुकम्प- बाढीले तहसनहस भएका परिवारहरुका
कि अन्न नउब्झाएर नांगिएका बाँझा खेतका कथा
भनौ कुन कथा?

विदेशका समाचार डराउँदै सुन्न-पढ्न पर्ने
गोलि कता चल्ने-बम कता पड्किने
अरब-कतारको गर्मिमा रन्थन्निएका कामदारका
कि बाकसमा आएको शवमा रोएकी भर्खर कि बिधवाको कथा
भनौ कुन कथा?

त्यहीं पनि जीवन चलेकै छ
कहीं हाँसो त कहीं रोदन छ
नेपालको कथा भनु कि विश्व कै भनु
आकाशको भनु कि धर्तिको कथा भनु
मेरो भनु कि तिम्रो भनु
भनौ कुन कथा?

Image: Source URL

1 Response to "भनौ कुन कथा?"

.
Samyam Thapa Says....

dherai ramro kavita lagyo! lekhne bani chhutaunubhako chaina hola bhanne aasha gareko chu, post nagarepani

प्रतिक्रिया दिनुहोस्!