अथिति पोष्ट - अपरिचित (कविता)

Posted on 9/12/2013 by अलङ्कार अर्याल

-दिपान्जलि बिष्ट 

एक समय थियो, जब हाम्रो नाम एक सांस मै लिइन्थ्यो! 
जुन बेला हामी एक अर्काको हरेक धड्कन चिन्न सक्थ्यौं! 

केही नबोली पनि एक अर्काको भावना बुझ्न सक्थ्यौं! 
तिम्रो एक हेराइले मेरो मन प्रफुल्लित हुन्थ्यो! 
दुइ मुटु एक आत्मा भए जस्तो लाग्थ्यो... 
तर कता कता हामी अपरिचित नै रहेछौं... 

अहिले समय यस्तो आयो कि एक अर्कालाइ चिन्न पनि एकदमै गार्हो छ! 
एक अर्काको छायाँसंग पनि हामी अपरचित नै छौं! 
त्यै पनि किन तिम्रो एक हेराइले मेरो मन बेस्करी धक्धकिन्छ? 
तिमीले भनेका सबै कुराहरुले मलाई किन यसरी प्रभावित पार्छ?
तिमीले दिएका हरेक वाचाहरु मलाई किन याद आउछ? 
अपरिचित भए पनि किन तिमी मेरो आफ्नो लाग्छौ? 

यस्तो भएको पनि धेरै समय बितिसक्यो! 
त्यै पनि तिम्रो यादले मलाई सताईरहन्छ! 
तिमी अपरिचित नै भई मेरो मनमा बसिरह्यौ 
र म परिचित भएर पनि तिम्रो लागि अपरिचित नै रहें! 
शायद हामी अपरिचित नै थियौ होला... 
र हामी सधै भरी अपरिचित नै रहने छौ...

(तपाईंहरु पनि आफ्नो कविता/कथा/गजल वा अन्य सामाग्री यस ब्लगमा पठाउन चाहनु हुन्छ भने, alankararyal@gmail.com मा पठाउनुहोस्!)

प्रतिक्रियाहरु