गजल :भेट्न आउँदैछु

Posted on 1/27/2011 by अलङ्कार अर्याल

तिमीलाई अब छिट्टै भेट्न आउँदैछु ।
हामी बीच को यो दुरी मेट्न आउँदैछु ।

तिमी बिना आन्दोलित मन रणभूमि पसेको छ,
सबैखाले चक्रविय्हू, चिर्दै आउँदैछु ।

कोलाहल छ चारैतिर सुखसलय कत्ति छैन,
तिमीसंग छुट्टै संसार, बसाउन आउँदैछु ।

स्पर्श तिम्रो नपाएर छट्पटीन्छ पुरै देह,
न्यानो अंगालोमा तिम्रो, बाँधिन आउँदैछु ।

तिमीलाई अब छिट्टै, भेट्न आउँदैछु ।
हामी बीच को यो दुरी, मेट्न आउँदैछु ।





No Response to "गजल :भेट्न आउँदैछु"

प्रतिक्रिया दिनुहोस्!