दुस्वप्न

Posted on 1/07/2011 by अलङ्कार अर्याल

मर्न मन लाग्छ मलाई
अब प्रयास गर्दा–गर्दा वाक्क भैसके
जुन कुराहरु पनि उल्टा–उल्टा हुदैछन्
लाग्छ मलाई श्राप लागेको छ
म दुस्वप्नमा बाँचिरहेको छु !

रुन मन लाग्छ मलाई
झुट बोल्नेहरुसँग वाक्क भैसके
माया गर्नेहरु पनि बाटो फेर्दैछन्
लाग्छ संसार नै पराइ भएको छ
म दुस्वप्नमा बाँचिरहेको छु !

No Response to "दुस्वप्न"

प्रतिक्रिया दिनुहोस्!