विपद्

Posted on 8/24/2020 by अलङ्कार अर्याल

चौकस भाँचिएर भत्किएको झ्यालले,
स्वच्छ हावाको लालसा पुरा गराएको छ।
तर, हावाको बेगले छानापनि उडाएर लगेछ,
घर अधुरो-अपुरो बनाएर।

सुन्दर स्मृति पूर्ण तस्विरहरुले सजिएका ती भित्ताहरु,
थाहै नदिइ निर्जनताले पोतिएछ।
शब्द जहाँ चमक र भाव फैलाउथ्यो,
त्यो ओछ्यान पनि खालि छ।

No Response to "विपद्"

प्रतिक्रिया दिनुहोस्!