मात्तिएर लेखिएको म्यासेज हटाउने नयाँ एप्लिकेशन

Posted on 3/25/2011 by अलङ्कार अर्याल

आइ-फोनले एउटा नयाँ अनुप्रयोग (एप्लिकेशन) निकालेको छ, जसबाट तपाईंले फेसबुक र ट्विटरबाट मात्तिएको अवस्थामा लेखिएका म्यासेज हटाउन सक्नुहुन्छ | त्यो नयाँ अनुप्रयोगलाइ "Last Night Never Happened" ( गत राति केहि भएन ) | १.१९ पाउण्डमा किन्न सकिने यस अनुप्रयोगले निश्चित समयावधि भित्रका सामाजिक संजालका स्ट्याटस अपडेट,ट्विट, फोटो र प्रतिक्रिया जस्ता सबै लज्जास्पद क्रियाकलापहरु हटाइदिन्छ |

अनुप्रयोगका प्रोग्रामर डेनियल कोवेन भन्छन् - " हामी कहिले कहिँ भावुक वा असन्तुलित हुन्छौ र लज्जास्पद कुराहरु पोस्ट गर्न सक्छौँ जसले गर्दा हाम्रो परिवार, साथीभाई र आफ्ना कार्यस्थलमा मित्रहरुलाइ समेत प्रभाव पर्न सक्छ | यो अनुप्रयोगले तपाईंहरुलाइ यस्ता पोस्टहरु इन्टरनेटमा फैलिने डरबाट जोगाउनुका साथसाथै धेरै लज्जा हुनुबाट बचाउने काम गर्छ |"

यो अनुप्रयोगलाइ प्रयोग गर्न पनि धेरै नै सजिलो छ | प्रयोगकर्ताले आफुले मादक पेय पदार्थ सेवन गर्न सुरु गरेको समय हालेपछि त्यसपछिका सबै पोस्टहरु आफै हटाईदिन्छ |

लन्डनको आइ-फोन कम्पनिद्वारा यो अनुप्रयोगको विकास गरिएको हो |

No Response to "मात्तिएर लेखिएको म्यासेज हटाउने नयाँ एप्लिकेशन"

प्रतिक्रिया दिनुहोस्!