गजल : किन चाहियो र ?

Posted on 2/10/2011 by अलङ्कार अर्याल

तिमीसँग भेट्नलाई, नाता किन चाहियो र ?
प्रेमले नै बाँधिदिएँ, डोरी किन चाहियो र ?

मुटु हाम्ले साटीसकिम् अब के नै छ र दिनु ,
कोसेली त माया नै हो, फुल किन चाहियो र ?

संसारले कुरा काटे पति-पत्नी बनौला नि,
रगतले रङ्गीदिन्छु, सिन्दुर् किन चाहियो र ?

औंठी फुली तिलहरि किनिदिने हुती छैन,
नामै मेरो अलङ्कार, सुन किन चाहियो र ?




5 Response to "गजल : किन चाहियो र ?"

. Aakar Says....

एउटा कुरा के भने, जति सुन्दा मज्जा आउने, त्यति मज्जा पढ्दा चैँ आएन ! :P
bt daaaaaaaaami chha bro...
:)

. अलङ्कार अर्याल Says....

उसो भए गजल सुन्ने कुरो रहेछ ;) हाहा !

. Aakar Says....

सुन्नु नै पर्ने ! बरु कहिले सुनाउने अर्को गजल ? :D

. kamal Says....

superb......superb.... dude..:) its da magic of love...i can c it...;)

प्रतिक्रिया दिनुहोस्!