सरस्वती - वन्दना

Posted on 2/08/2011 by अलङ्कार अर्याल

बुबाले सानोमा साँझ-बिहान पाठ गर्न भनेर हामीलाई संस्कृतका श्लोकहरु कण्ठस्थ गराउनु भएको थियो । गणेशवन्दना ( अविरल मदजल ... ) पछि सरस्वती वन्दना, शिव वन्दना गर्दै " ऊँ पूर्णमद: पूर्णमिदम् पूर्णात्, पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते " मा टुंगिन्छ ।

आज सरस्वती पुजा, ट्वीटर र फेसबुकतिर धेरैले " श्री सरस्वती स्तोत्र " पोस्ट गर्नु भएको रहेछ तर मैले जानेको यो श्लोक कतै देखिन त्यसैले यहाँ बाढ्न चाहन्छु ।


शुक्लाम् ब्रम्हविचारसार परमाद्याम् जगतव्यापीनिम् ।
वीणापुस्तक धारिणीम् अभयदाम् जाड्यान्धकारापहाम् ।।
हस्तेस्फाटिकमालिकाम् विद्यधतिम् पद्यमाशने संस्थिताम् ।
वन्देताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम् ।।



अर्थात् : सेतो कपडा पहिरन गर्ने, ब्रम्हाको सार परावर्तित गर्ने शक्ति प्रदान गर्ने, सर्वशक्तिमान्, हातमा वीणा, पुस्तक र पुष्प धारण गर्ने,उदार देवी जो कमलको फुलमाथि विराजमान हुनुहुन्छ, उनै देवी जो हामीलाई ज्ञान बाँढ्नुहुन्छ, हामी सम्मानका प्रार्थना गर्दछौं ।

No Response to "सरस्वती - वन्दना"

प्रतिक्रिया दिनुहोस्!