के रहेछ त तपाईंको पासवर्ड ?

Posted on 1/19/2011 by अलङ्कार अर्याल

मेरो सानिमाको छोरासँग मेरो खुब कुरा मिल्छ । ( उसले मेरो कथा व्यथा बुझिदिने/सुनिदिने भएकोले हो कि ... हो मा हो मिलाईदिने भएर हो खाई त्यो त थाहा भएन ) त्यसैले उसको अफिस साँझ ६ बजे छुटेपनि हामी १-२ गिलास कालो चिया खान प्राय भेटिरहेका हुन्छौँ । अस्ति शनिवार उसलाई मैले संगै घरमा लिएर आएँ । घर आइ पुगेपछि बत्ति पनि थियो अनि उ इन्टरनेटमा फेसबुक चलाउन तिर लग्यो । मनले उसको पासवर्ड हेर्दिन भनेर अर्को तिर हेरें तर मनले कहाँ मान्छ र, देखिहालें १० अंकहरु थिचेको त्यो पनि ९ बाट सुरु । थाहा पाईहाल्नु भयो होला के पासवर्ड रहेछ भनेर । जसले सोच्न सक्नु भएन मै भन्दिन्छु उसको पासवर्ड थियो उसको मोबाइल नम्बर ;)।

त्यो घटनाले मलाई यो पोस्ट लेख्न मन लग्यो मैले जानेका र देखेका थुप्रै खालका पासवर्डहरुकाबारे । तपाईं पाठकहरुलाई पनि एक किसिमको कौतुहलता जागोस न आफ्नो पासवर्ड पनि पर्छ कि भन्ने ! कि कसो ?

आजकल धेरै सामाजिक संजाल, इमेल अकाउन्ट देखि लिएर अनलाइन किनमेल मा सम्म पासवर्डको प्रयोग हुन्छ र यसले धेरै महत्व बोकेको हुन्छ । त्यहाँ चाहिने एउटा युजर आइडी र अर्को पासवर्ड हो । त्यहिँ पासवर्डले अरुको बैंकमा कति पैसा छ, इमेल के के आएको छ भन्ने लगायतका थुप्रै निजि कुराहरु अरुले पत्ता लगाईदिन सक्छन् र तपाईंहरुलाई थुप्रै किसिमका कठिनाईहरु भोग्न पर्ने हुनसक्छ ।

एक किसिमका मानिसहरु हुन्छन् जो आफ्नो पासवर्ड आफ्नो जन्ममिति, मेरो सानिमाको छोराले जस्तै मोबाइल नम्बर, बिहे भएको गते, छोरा छोरिको जन्ममिति, आफ्नो घरको टेलिफोन नम्बर लगायतका पासवर्ड राख्छन् । अझ भनौ आफ्नो छोरा छोरिको नाम, श्रीमतीको नाम, कुकुरको नाम, घरको गल्लिको नाम । घरमा काम गर्न राखेकी केटीको नाम पनि राख्ने गर्छन् कोहि कोहि त :) । यस्ता मानिसहरुलाई त्यो पासवर्ड अरुले थाहा पाए पनि कुनै असर गर्दैन । अनि त्यस्ता पासवर्ड अरु कोहिले ह्याक (अरुले अनैतिक कार्य गर्न पासवर्ड पत्ता लगाउने ) पनि गर्दैनन् किन कि त्यस्ता मानिसहरुले कुनै महत्वपुर्ण कुराहरु राखेका हुदैनन् आफ्नो अकाउन्टमा ।

दोस्रा मानिसका समूह अलिक रोचक खालको छ जो आफ्नो पासवर्ड पहिलेका प्रेमी-प्रेमिकाका नाम राख्छन् :P । कोहि आफ्नो मनपर्ने हिरो, हिरोइन, गायक, गायिका र खेलाडीका नाम राख्छन् । आफ्ना प्रेमी-प्रेमिकाका नाम राख्ने मानिसहरुले बिगतका पल याद गर्न र आफ्नो एक्लो मनलाई थोरै भए पनि राहत दिन खोज्छन् ।

अर्को समूह यस्तो छ कि उनीहरु आफ्नो पासवर्ड आफुले प्रयोग गर्ने ब्रान्डको नाम राख्छन् जस्तै लुगाको ब्रान्ड, टि.भी.को ब्रान्ड, मोबाइलको ब्रान्ड, पर्फ्युमको ब्रान्ड । अझ मलाई मेरो एउटा साथीको याद आयो जसले गुगल गरि गरि ब्राको ब्रान्डको नामलाई आफ्नो पासवर्ड बनाएको थियो । ( उसले यो पोस्ट पढ्ने छ र मुसुमुसु हास्ने छ पक्कै ) कोहि कोहि त्यस ब्रान्डको नाम पछि केहि अंक जस्तै १२३४, १४३, ००७ , ०००, १०० र आफ्नो जन्मवर्ष पनि पुछारमा जोड्छन् ।

कोहि कोहि हरेक ठाउँमा छुट्टै छुट्टै पासवर्डहरु राख्छन् र पासवर्ड चाहिँ अंग्रेजी शब्दहरु हुन्छ जस्तै "iamthebest" , "herono1", "f**kme" , "f**kuhard" , "a**hole" , "s**kitbaby" आदि इत्यादी । अनि कुन अकाउन्टमा कुन पासवर्ड थियो याद नभएर भएभरको कति वर्षदेखि परिवर्तन गर्ने गरेको सबै पासवर्ड लेखेर प्रयास गर्दै बस्छन् । कोहि कोहि एकचोटी इमेल अकाउन्ट बनाउँछन् र धेरै पछि लगअन गर्न खोज्दा पासवर्ड सोच्दै कपाल कन्याउदै भेटिन्छन् । कसैकसैको अकाउन्ट अर्कैले बनाईदिएको हुन्छ र उसलाई फोन गरेर मेरो पासवर्ड के थियो भन्ने पनि जमात त छदै छ ।

अब आयो यस्तो समूह जो आफुलाई एकदम बुद्धिमान र चलाख सोच्छन् र एकदमै बेग्लै खालको केहि अर्थ नलाग्ने जे मनमा आयो त्यहिँ राख्छन् जस्तै argmvn1294_ अनि त्यसलाई "REMEMBER ME" बनाउछन् । केहि गरि अर्को कम्प्युटर चलाउनु पर्यो भने अर्को विकल्प इमेल आइडी दिएको भए त ठिकै छ नत्र गोप्य प्रश्नको उत्तर के पो राखेको थिए भन्दै कपाल कन्याउनु भन्दा अर्को कुरै चरा रहदैन । अझ कोहि कोहिले त त्यस्तो पासवर्ड सब ठाउँमा एउटै राखेका हुन्छन् । कोहि a लाई @ , S लाई $ र & जस्ता चिन्हहरु छान्छन् । अनि प्रायः हरेक हप्ता र महिना पासवर्ड परिवर्तन गर्ने जमात पनि यहिँ समूहमा पर्छन् ।

यी त भए पासवर्डका कुरा , अनेकौ किसिमक युजर आइडी पनि हुन्छन् । त्यो चाहिँ अहिलेलाई भो पछि कुरो गरम्ला :)
के रहेछ त तपाईंको पासवर्ड ? :)

3 Response to "के रहेछ त तपाईंको पासवर्ड ?"

. Dilip Acharya Says....

सायद संसारमा २५% मानिसको पासवर्ड यसतै नै हुन्छन् । अझ मेले देखेको धेरै जनाले पेसबुक, आदि अन्य साइटमा आइडि बनाउँदा पनि "पासवर्ड" लेखिएको ठाउँमा आफ्नो प्राइमरी इमेलकै पासवर्ड राख्ने गर्छन् ।

जानकारीमूलक भएपनि रमाइलो पाराले लेखिएको रसीलो पोस्ट !

. Bhabasagar Ghimire Says....

Like this, some people have a new kind of password, which they forget and again create another account...:)

प्रतिक्रिया दिनुहोस्!