गुगलले इन्टर्नेट सर्चमा Instant Preview थप्यो !

Posted on 11/11/2010 by अलङ्कार अर्याल

युजरहरुलाई इन्टर्नेटमा केहि खोज्दा छिटो र प्रभावकारी बनाउन गुगलले Instant Preview उपलब्ध गरेको छ ।

" Instant Preview ले ग्राफिकल ओभरभिउ प्रदान गर्छ र धेरै मिल्ने सर्च नतिजा हाईलाइट हुनेछ अनि पत्रिका पल्टाए जस्तै सहि पृष्ठ खोज्न छिटो हुने छ " भन्छन गुगलका प्रोडक्ट म्यानेजर राज कृष्णन ब्लगमा ।

यो तरिका प्रयोग गर्नको लागि सर्च शिर्षक निरको म्यग्नीफाइंग ग्लास मा क्लिक गर्नुपर्छ जसले दाहिने तिर भिजुअल ओभरभिउ देखाउछ ।

Instant Preview ले
१. सर्च नतिजा छिट्टै दाँज्न सहयोग गर्छ
२. चाहिने र उपयोगी नतिजा हाईलाइट गर्छ
३. भिजुअल ओभरभिउ देखाउछ

१/१० सेकेन्डमै Preview नतिजा लोड हुन्छ जबकी अन्य वेब सर्च इन्जिनहरु कम्तिमा ४ देखि ५ सेकेन्ड लिन्छन । यो नंया प्रविधी केहि दिन पछि ४० भाषामा देख्न सकिन्छ ।

मोबाइलको लागि पनि Google Instance राखिएको छ तर अलिक फरक खालको छ । केहि टाइप गर्न क्लिक गर्ने बित्तिकै गूगलको सर्च बक्स माथि सर्छ र अक्षर टाइप गर्दा आफै सर्च नतिजा तल देख्न सकिन्छ, इन्टर अथवा सर्चबटन लाई नाथिची । मोबाइलमा प्रयोग गर्नको लागि मोबाइल ब्राउजरमा गएर गूगलको वेबपृष्ठमा गएर Instance (beta ) लाई ओन गर्नु पर्छ ।

Instant Preview ले कसरी काम गर्छ हेर्नको लागि तलको भिडिओ हेर्नुहोस् ।



2 Response to "गुगलले इन्टर्नेट सर्चमा Instant Preview थप्यो !"

. रमेश मोहन अधिकारी Says....

गुगलले थपेको सुविधाको जानकारीका लागि धन्यवाद !

.
Anonymous Says....

instant chai ramrai lagyo preview le chahin puchchar jhundiera hairan !

thanks for express info :0

प्रतिक्रिया दिनुहोस्!