गजल : एक्लै बाँचीरहेको छु

Posted on 11/12/2010 by अलङ्कार अर्याल

तिमी टाढा भएपनि, एक्लै बाँचीरहेको छु
हामी भेट्ने दिन गन्दै, एक्लै बाँचीरहेको छु ।

तिम्रो अनुहारलाई काटी, मेरोसंगै टाँसीदिएँ
त्यहिँ तस्विरमा रम्दै, एक्लै बाँचीरहेको छु ।

सम्झिरन्छु हामी दुबै, मिली बुनेका सपना
साकार पार्ने अठोट गर्दै, एक्लै बाँचीरहेको छु ।

तन-मन दुख्छ-पोल्छ, आँखाबाट सागर बग्छ
बल्ल-तल्ल सम्हालिंदै, एक्लै बाँचीरहेको छु ।


( वाक्यात्मक रदिफ प्रयोग गर्न खोजेको हुँ । )

1 Response to "गजल : एक्लै बाँचीरहेको छु"

प्रतिक्रिया दिनुहोस्!