फेसबुक र वेब मिश्रित नयाँ ब्राउजर

Posted on 11/10/2010 by अलङ्कार अर्याल


फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरुका प्रयोगकर्तालाई मध्यनजर गरेर एउटा नयाँ वेब ब्राउजर निकलिएको छ जसको नाम हो रकमेल्ट । गूगलको क्रोमियम सोफ्टवेयर प्रयोग गरेर, मार्क आंड्रीसनले ( नेट्स्केपका संस्थापक ) यसलाई बनाउने योजना बनाए ।

प्रयोगकर्ताले आफुले गर्ने हरेक कुराहरु फेसबुक र ट्विटरका साथीहरुसंग बाँड्न सक्छन । हरेक वेबपृष्ठको मुन्तिर धेरै सम्पर्कमा रहने फेसबुक र ट्विटरका साथीहरु देख्न सकिन्छ । ' प्रयोगकर्ताले वेबसाइट हेर्ने मात्र होइन अरु कुराहरु पनि गर्न मिल्नु पर्छ भन्ने सोचेर हामीले प्रयोगकर्ताको इच्छा अनुसारको वेब ब्राउजर बनाउन खोजेका हौँ ! आज ब्राउजरले तपाईंलाई विश्वसंग जोड्छ, किन तपाईंको विश्व नै ब्राउजरमा नराख्ने ? ' भन्छन विकासकर्ताहरु ।

यो नयाँ ब्राउजरले फोटो, भिडिओ र लिंकहरु ब्राउजरको बाकसमा तानेर बाँड्न सजिलो बनाएको छ । रकमेल्ट प्रयोग गर्नु अघि साइन इन् गर्नु पर्ने हुनाले तपाईंको मनपर्ने वेबसाइट, ब्लग र साथीहरु देख्न सकिन्छ । ब्राउजरले नयाँ पोस्ट, भिडिओ आदि तपाईंको मनपर्ने साइटमा भए सुचित गराउँछ ।

यस ब्राउजरमा इन्टर्नेट सर्च गर्ने तरिका पनि अलिक फरक छ, गुगलका प्रथम दस खोज नतिजाहरु क्लिक गर्नु पुर्व प्रत्येक पृष्ठसंगै देख्न सकिन्छ । प्रयोगकर्ताको मनपर्ने ब्लग, साथीहरु रकमेल्टलाई थाहा हुन्छ त्यसैले प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरु संग्रह गर्नु अघि सुचित गराउँछ । रकमेल्टले कुनै पनि जानकारी तेस्रो पक्षलाई नदिने दाबी गरेको छ ।

यो नयाँ सोंचको ब्राउजरले कत्तिको उपलब्धि पाउँछ, त्यो त हेर्ने बाँकि नै छ ।


No Response to "फेसबुक र वेब मिश्रित नयाँ ब्राउजर"

प्रतिक्रिया दिनुहोस्!