गजल, बुलबुल र अच्युत घिमिरे

Posted on 10/20/2010 by अलङ्कार अर्याल


बुलबुल - एउटा इरानी चरा ... उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति ...

शुभ सन्ध्या, शुभ समय , शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो नेटवर्कको प्रस्तुति बुलबुलको अर्को नयाँ अंकमा केही रात्री गन्थनको साथमा तपाइँहरुकै सुमधुर गजलहरु लिएर सदा झैँ उत्पादन सहयोगी दिनेश निरौलाका साथ प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौँ ।

नेपाली समयानुसार हरेक बुधबार राती ९:१५ बजे उज्यालो नेटवर्कबाट प्रसारण हुने गजल कार्यक्रम बुलबुल सुन्न देश विदेशमा रहनु भएका नेपालीहरु रेडियो र इन्टरनेटबाट सुन्नु हुन्छ म पनि त्यो गजल पारखी मध्ये को एक हुँ ।

गजलको आठ -नौ सय वर्षको लामो इतिहास छ । अरबी भाषाबाट सुरु भएको गजल हिन्दी, उर्दु गर्दै नेपालीमा ( वि.सं. २०३६ साल देखि लोकप्रिय )पनि लेखिन थालेको छ । युवा कवि मोतीराम भट्टले फारसी हुदै नेपाली भाषामा गजल लेख्ने थालनी गरेका थिए । पहिले पहिले प्रेम वियोगका बारेमा गजल लेखिन्थ्यो तर आजकल गजलले राजनैतिक बिषय देखि लिएर सामाजिक समस्या, हाँस्य-ब्यङ्ग ठट्यौली, अपराध जस्ता बिषयहरु पनि समेट्न थालेको छ । आजकल नेपाली साहित्यमा प्राय: भनौ नेपाली भाषामा लेखिएका ब्लगहरुमा मनग्य नेपाली गजलहरु पढ्न पाइन्छ । यसले गजलको लोकप्रियता कति छ भन्ने कुरा आफै पुष्टी गरेको छ ।

प्रेम रस , अलंकार र श्रृङ्गारिक अनुभुतिहरु पाइने गजल पारखीको प्यास बुझाउने जमर्को गरेको छ बुलबुल कार्यक्रमले । उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति बुलबुल एकैचोटी १६ वटा रेडियो फ. एमबाट सुन्न सकिन्छ । अच्युत घिमिरेजीको स्वर र उहाँले सुनाउने गजलहरु कण प्रिय छन् । कहिले कहिँ देश विदेशमा रहनु भएका नेपालीहरु संग टेलिफोन बाट वार्ता र गजल सुन्न पाउँदा झन् आनन्द महसुस हुन्छ । ए ! ९:१५ बज्न लागि सकेछ, अब दिनेश निरौलाका साथ प्रस्तोता अच्युत घिमिरेलाई धेरै धन्यवाद र अझै उत्तरोत्तर प्रगतिको कामना गर्दै म पनि बुलबुल सुन्न तिर लाग्छु।

धन्यवाद !

2 Response to "गजल, बुलबुल र अच्युत घिमिरे"

. Shiva Sankalpa Says....

Dear Alankar,
Good One!
I have small confusion about 2036 B.S.
What does this date signify?
Motiram lived (1932 to 1962 B.S.)
I expect you would check your reference and clear me
Cordially,
Atis.

. अलङ्कार अर्याल Says....

Hello Atis,
Thanks for the comment. Actually I haven't mentioned Motiram Bhatta's date of birth anywhere. Actually I mean to say that Gazals were previously written in Urdu, Hindi and in Nepali language it was popular around 2036 B.S. ! May be I missed one word. I will correct it now. Thank you. Keep Visiting my blog and give your valuable comments.

प्रतिक्रिया दिनुहोस्!