यस्तै हो की ?

Posted on 10/21/2010 by अलङ्कार अर्याल

पसिनै निकाल्ने गर्मीमा पनि
पुरै शरीर कठाङ्ग्रीएको छ !
तिम्रो न्यानो स्पर्ष नपाएर पो हो की ?

यस्तो कोलाहालमा पनि,
लाटो-बहिरो जस्तो भएको छु म !
तिम्रो स्वर सुन्न नपाएर पो हो की ?

पहिलेका ती राता-रसिला ओठहरू,
सुकेका छन्, फुटेका छन् !
तिमीलाई चुम्न नपाएर पो हो की ?

साथी-भाई इष्ट मीत्रसँग बस्दा पनि,
एक्लै छटपटाइरहेको छु म !
तिमी म सँगै नभएर पो हो की ?

ती राता गुलाफका फुलहरू पनि,
किन हो किन ओइलाएका जस्तो लाग्छन् !
तिमीलाई उपहार दिन नपाएर पो हो की ?

के गर्ने यस्तै रहेछ जिन्दगी,
तिम्रो तस्बीर हेरी आफुलाई भुलाईरहेछु !
तिमीलाई सम्झेर आफुसँगै बोल्दै, एक्लै भुनभुनाईरहेछु !
राति मेरो सपनीमा तिमीलाई बोलाउन पो हो की ?

No Response to "यस्तै हो की ?"

प्रतिक्रिया दिनुहोस्!